टीभीएस विक्रेता युनिराइड अटोको आयोजनामा राइड कार्यक्रम सम्पन्न
ललितपुर – टीभीएस मोटरसाइकल तथा स्कुटर बिक्रेता युनिराइड अटोको आयोजनामा...
काठमाडौं– टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले काठमाडौंको भृकुटीमण्डपमा एक्सचेनज मेला आयोजना गरेको छ । आजदेखी सुरु भएको सो मेला २५ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । मेलास्थलबाटै अपाचे आरटिआर १६० फोरभी एफआई मोटरसाइकल लन्च गर्र्नेे कम्पनीले तयारी गरेको छ ।
महाएक्स्चेन्ज महोत्सव उमंगै उमंगको महोत्सवमा उपभोक्ताले कुनैपनि ब्राण्डको पुरानो बाईक वा स्कुटरको एक्स्चेन्ज गर्दा विभिन्न सुविधा तथा अफरहरु हात पार्न सक्नेछन् । उपभोक्ताले मेलामार्फत आफ्ना पुराना बाईक वा स्कुटरको एक्स्चेन्ज गर्दा रु. ५० हजार सम्मको एक्स्चेन्ज भ्यालु एडिशन, नकिन्दा १ लाख र किन्दा ५ लाख सम्मको क्याश डिस्काउन्ट र साथै बम्पर उपहारमा रु. १० लाख नगद जित्ने अवसर समेत प्राप्त गर्नेछन् ।
साथै २५ प्रतिशत सम्मको न्यून डाउन पेमेन्ट, हेल्मेट, बाईक कभर र ब्याग लगायत निशुल्क एक्सेसरिजको सुविधापनि महोत्सवमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार यी लगायत सम्पुर्ण सुविधाका साथै शुन्य प्रतिशत ब्याजदरमा नयाँ बाईक खरिद गर्ने अफर पनि महोत्सवमा उपलब्ध हुनेछ ।
ललितपुर – टीभीएस मोटरसाइकल तथा स्कुटर बिक्रेता युनिराइड अटोको आयोजनामा...
काठमाडौं– टिभिएसले आफ्नो चर्चित मोटरसाइकल अपाचे आरटिआर १६० टुभीको रेसिङ...
टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक वितरक जगदम्वार मोटर्सले स्याङजाको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...