नेपाली बजारमा टीभीएसका धेरै बिक्री हुने मोडल अपाचे बाइक र एनटर्क स्कुटर

काठमाडौं – नेपाली बजारमा सबैभन्दा धेरै बिक्री हुने टीभीएसका मोडलहरु मध्ये अपाचे सिरिजका बाइक र एनटर्क स्कुटर हुन् । टीभीएसले हालै सञ्चालन गरेको फेस्टिभल स्किममा समेत यी बाइक र स्कुटरकै बाहुल्यता देखिएको छ ।

‘नेपाली बजारमा टीभीएसका धेरै बिक्री हुने मोडलमा अपाचे सिरिज र एनटर्क स्कुटर हुन् । फेस्टिभल स्किममा पनि यही देखिएको छ ।’ टीर्भीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दिपक कुमार अग्रवालले भने । उनी भन्छन्, ‘हामीले यस पटक पनि एकै दिनमा धेरै संख्यामा बाइक र स्कुटर डेलिभरी गर्न सफल रह्यौ । ग्राहकको चाहनाका कारण फुलपाती र लक्ष्मीपुजाका दिनमा समेत हामीले धेरै संख्यामा डेलिभरी ग¥यौ ।’

यो वर्ष कोरोना भाइरसको संक्रमण हुने डरका कारण पहिले बजार सुस्ताए पनि फेस्टिभलको समयमा भने एकै पटक माग बढेको अग्रवालले बताए । ग्राहकको माग अनुसारको संख्यामा कम्पनीले बाइक र स्कुटर उपलब्ध गराउन नसकेकाले पर्खिनु पर्ने अवस्था समेत भएको उनले बताए ।

गदम्बा मोटर्सले कात्तिक ५ गते बुधबार एकै दिन एक हजार बाइक तथा स्कुटर बिक्री गरेर रेकर्ड कायम गरेको छ । देशभर रहेका १३२ शोरुममार्फत यति धेरै बाइक तथा स्कुटर बिक्री गरिएको जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले बताए । यो भन्दा पहिले गत कात्तिक ३ गते सोमबार एकै दिन ८२५ युनिट बिक्री गरिएको थियो ।

हाल नेपाली बजारमा सबै रेन्ज र सबैलाई उपयुक्त हुने मूल्यमा टीभीएसका बाइक तथा स्कुटर उपलब्ध छन् । यी सबै सवारी साधन खरिद गर्नका लागि जगदम्बा मोटर्सले आफ्नै जगदम्बा इन्भेष्टमेन्ट कम्पनीमार्फत फाइनान्सको व्यवस्था समेत गर्दै आएको छ । उपयुक्त गुणस्तरका बाइक तथा स्कुटर सबैका लागि उपलब्ध भएकाले छोटो समयमा टीभीएसले नेपाली बजारमा सफलता प्राप्त गरेको कोइरालाले बताए ।

जगदम्बा मोटर्सले पछिल्लो समयमा स्मार्ट कनेक्ट र एबीएस सहितका अपाचे आरटीआर २०० र आरटीआर १६० समेत नेपाली बजारमा उपलब्ध गराएको छ । टीभीएस एनटर्क स्कुटर नेपाली बजारमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर भनेर केही दिन पहिले जगदम्बा मोटर्सले घोषणा समेत गरेको थियो ।

नेपाली बजारमा हाल यसका १ सय सीसीको एक्सएल १०० मोडलको मोपेडदेखि ३१० सीसी क्षमताको आरआर ३१० रेसिङ बाइकसम्म उपलव्ध छ । त्यसैगरी ५ फरक मोडलमा स्कुटर र २ मोडलका थ्री ह्विलरको समेत कारोबार हुँदै आइरहेको छ । तथापि अपाचे सिरिजका मोटरसाइकल र एनटर्क स्कुटर पछिल्लो समयका सर्बाधिक चर्चित उत्पादन हुन् । जुन युवा पुस्तामाझ निकै लोकप्रिय बनिरहेका छन् ।

जगदम्बा मोटर्स प्रालिले चाडपर्व अफरको रुपमा ‘टीभीएस दसैंको आशा’ नामक योजना ल्याएको थियो । यस अन्तर्गत टीभीएस स्कुटरमा ७ हजार र बाइकमा ९ हजार रुपैयाँ सम्म छुट पाइने व्यवस्था थियो । त्यसैगरी शून्य प्रतिशत ब्याजदरमा फाइनान्समार्फत टीभीएस बाइक वा स्कुटर किन्न सकिने व्यवस्था थियो ।

यी वाहेक अर्को आकर्षणको रुपमा हरेक हप्ता बम्पर पुरस्कारको रुपमा अपाचे आरआर ३१० बाइक पाउन सकिने थियो । टीभीएस नेपालको पेजमा रजिष्टर गरे पछि बाइक किने पनि वा नकिने पनि यो अफरमा सहभागी हुन र पुरस्कारको रुपमा अपाचे आरआर ३१० पाउन सकिने सम्भावना थियो । यस अन्तर्गत धेरैले पुरस्कार समेत पाइसकेका छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...