बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं– नेपालीहरुको महान चाड दशैं आउन अव जम्मा १५ दिन बाँकी छ । दशैं नजिकिएसंगै अहिले विभिन्न कम्पनीहरुले आफ्नो उत्पादनमा उपभोक्तालाई आकर्षित गर्न अफर र स्किम ल्याइरहेका छन् । स्किम ल्याउने यस्तो लहरमा सवारीसाधन बिक्रेता कम्पनीहरु सधैं अग्रपंक्तिमा रहने गर्छन् ।
फेस्टिवल सिजनलाई सवारीसाधन बिक्रीको मुख्य सिजन समेत मानिने कारण यो समय धेरै भन्दा धेरै सवारीसाधन बिक्री गर्न बिक्रेता कम्पनीविच एकप्रकारको प्रतिस्पर्धा नै हुनेगर्छ । जसलाई उनिहरुले ल्याउने स्किम र अफरले समेत पुष्टि गर्छ । टु–ह्विलरको कुरा गर्नुपर्दा विगतका वर्षहरुमा झैं यसपटक पनि यामाहा र टिभिएसविच कसले राम्रो र आकर्षक स्किम ल्याउने भन्ने विषयमा प्रतिस्पर्धा भएको देखिन्छ ।
टीभीएस : टीभिएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘हर मोडमा उमंग’ अफर ल्याएको छ । अफर अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाख सम्म जित्ने मौका पाउनेछन् ।
मोटरसाइकल नकिन्दै टीभीएस नेपालको वेभसाइटमा गएर एक लाख जित्ने मौका र खरिद गरेपछि दस लाख सम्म जित्ने मौका टिभिएसले ग्राहकलाई दिएको छ । हरेक महिना सत् प्रतिशत क्याश ब्याक जित्ने अवसरका साथ एकजना भाग्यशाली विजेतालाई बम्परमा १० लाख दिने कम्पनीले जनाएको छ ।
यामाहा : यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले ‘यामाहा फेस्टिभ सेलिब्रेशन विथ रोडिज पावर अफ फाइभ’ योजना ल्याएको छ । दशैं तिहार तथा छठ पर्वलाई अविस्मरणीय बनाउने गरी आएको सो स्किम अन्तर्गत स्कुटरको खरिदमा ६ हजारदेखी १ लाखसम्म र मोटरसाइकलमा ८ हजारदेखी १ लाखसम्म क्यासब्याक पाउन सकिने कम्पनीले जनाएको छ ।
यसैगरी लक्की ड्रमार्फत हरेक दिन यामाहा राइडिङ ज्याकेट, हरेक हप्ता आइफोन–१४ र प्रत्येक महिना एकजना भाग्यशाली बिजेताले जापान भ्रमणमा जान पाउनेछन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...