बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
पोखरा–विश्व प्रसिद्ध मोटरसाइकल ब्रान्ड ट्रायम्फले पोखरामा आफ्नो नयाँ शोरुमा सञ्चालनमा ल्याएको छ ।
ट्रायम्फ मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाशचन्द एण्ड कम्पनीले पोखरामा इच्छाशक्ति अटोमोबाइलसंग सहकार्य गरी नयाँ शोरुमा सञ्चालनमा ल्याएको हो । इच्छाशक्ति अटोमोबाइल पोखराका लागि बजाज मोटरसाइकलको बिक्रेता समेत हो ।
बिक्री सुरु गरेको पहिलो दिनमै ५० युनिट ट्रायम्फ मोटरसाइकल ग्राहकलाई हस्तान्तरण गरिएको र पोखरेली मोटरसाइकल प्रेमीले यस ब्रान्डलाई निकै रुचाएको च्छाशक्ति अटोमोबाइकका संचालक आगेशमान बुद्धाचार्यले बताए ।
‘पहिलो दिनमै ५० युनिट मोटरसइकल किन्नुु भनेको ट्रायम्फ मोटरसाइकल प्रति देखाएको विश्वास र भरोसाले प्रिमियम मोटरसाइकलको मागलाई दर्शाउँछ । हामी अन्तराष्ट्रिय स्तरका सेवा दिन प्रतिबद्ध छौ’ उनले भने ।
उक्त कार्यक्रममा बोल्दै ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले पोखरेली मोटरसाइकल प्रेमीहरूसँग दीर्घकालीन सम्बध बनाउनका लागि ट्रायम्फ तयार रहेको बताए ।
नयाँ शोरुमबाट मोटरसाइकल बिक्रीसंगै बिक्रि पछिको सेवाहरु, स्पेयर पार्ट्स र सर्भिस समेत उपलब्ध हुने जनाइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...