ट्रायम्फ नेपालको एपिक राइडको भिडियो सार्वजनिक गर्दै सम्पन्न भयो ‘म्युजिक नाइट’

काठमाडौं – ट्रायम्फ नेपालले नक्सालस्थित बाइकर्स क्याफेमा ‘म्युजिक नाइट’ कार्यक्रम सम्पन्न गरेको छ । बाइक र संगीतप्रेमीहरूलाई एउटै मञ्चमा ल्याउने उत्साहजनक कार्यक्रम ‘म्युजिक नाइट’ आयोजना गरिएको कम्पनीको भनाइ छ । सो साँझमा १५० भन्दा बढी ट्रायम्फ राइडर, मोटरसाइकलप्रेमी तथा संगीतप्रेमीहरू सहभागी थिए।

कार्यक्रमको मुख्य आकर्षण भनेको ‘एपिक राइडः एकोस अफ द लस्ट किङडम’ को अफिसियल भिडियो प्रिमियर थियो। यो भिडियोले ट्रायम्फ नेपालको एपिक राइड यात्रालाई समेटेको छ, जहाँ ३८ जना ट्रायम्फ राइडरहरूले ८ दिनमा काठमाडौँदेखि अपर मुस्ताङको ऐतिहासिक ठाउँ लोमान्थाङसम्म करिब १ हजार किलोमिटर यात्रा गरेका थिए। मन्दिर, अग्ला भञ्ज्याङहरू हुँदै मनमोहक दृश्यहरूका साथ गरिएको यात्राका क्रममा खिचिएको भिडियोले साहस, मित्रता र सहकार्य मिश्रित ट्रायम्फ राइडिङ जीवनशैलीलाई गहिरो रूपमा प्रस्तुत गरेको छ ।

कार्यक्रममा चर्चित ब्याण्ड ‘प्रश्नचिन्ह’ को दर्शक झुमाउने लाइभ प्रस्तुतिका साथै रमाइला खेलहरू, ओपन माइक सेसनहरू पनि भएका थिए जसले ट्रायम्फ राइडरहरूबीच आपसी भेटघाट तथा मनोरञ्जनको राम्रो वातावरण सिर्जना गरेको थियो ।

कार्यक्रमको बारेमा बोल्दै,ट्रायम्फ नेपालका प्रबन्धक सागर थापाले भने, ‘म्युजिक नाइट केवल रमाइलोका लागि मात्र नभएर, ट्रायम्फ राइडरहरूबीचको एकता र आत्मीयताको प्रतीक पनि हो । जब कुनैपनि उद्देश्य प्राप्तिका लागि साहस गरिन्छ तब के प्राप्त गर्न सकिन्छ भन्ने एउटा उदाहरण हो ‘एपिक राइड’, र यस्तै साहसी राइड अयोजना गर्न पाउँदा हामी गौरवान्वित छौं ।’

यस्तै अविस्मरणिय अनुभवमार्फत नेपालमा साहसिक र समावेशी राइडर कम्युनिटी बनाउने कम्पनीको उद्देश्यका निम्ति यो ‘म्युजिक नाइट’ पनि एउटा कोशेढुङ्गा बनेको ट्रायम्फ नेपालले जनाएको छ ।

सम्बन्धित समाचारहरू

शनिबार काठमाडौंमा सीएफमोटो ४५०एमटी र २५०एनके टेस्ट राइड हुने, अवसर नछुटाउन आग्रह

शनिबार काठमाडौंमा सीएफमोटो ४५०एमटी र २५०एनके टेस्ट राइड हुने, अवसर नछुटाउन आग्रह

काठमाडौं – सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले हालै...

पोखराका झलक दाई र बीएसए बाइकको सम्झना

पोखराका झलक दाई र बीएसए बाइकको सम्झना

उहिले यो बीएसए बाइक (BSA bike) को सान नै अर्कै थियो । बाइकको अगाडि हावा छेक्न...

ट्रायम्फले २०२६ सम्ममा २९ नयाँ बाइक ल्याउने

ट्रायम्फले २०२६ सम्ममा २९ नयाँ बाइक ल्याउने

ट्रायम्फले आगामी वर्षहरूका लागि आफ्नो ठूलो योजना सार्वजनिक गरेको छ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...