अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने, मन्त्रिपरिषदले ग-यो प्रमुख १२ नीतिगत परिवर्तनको निर्णय
काठमाडौँ – मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको...
काठमाडौं – यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल दिन पाउने समयावधि हाल ३ महिना मात्र रहेकोमा अब १८ महिना बनाएको छ । लिखित परीक्षा पास गरेपछि ३ महिनाभित्र ३ पटकसम्म रिट्रायल दिन पाइने व्यवस्थालाई संशोधन गरी १८ महिना पु¥याइएको विभागले जनाएको छ।
कोरोना भाइरसको महामारीका कारण गत वर्षको चैतदेखि भएको लकडाउनका कारण लिखित परीक्षा पास भई ट्रायल दिनबाट वञ्चित भएका सेवाग्राहीलाई लक्षित गरी विभागले यस्तो व्यवस्था गरेको हो। विभागले यसका लागि यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० लाई संशोधन गरी ३ महिनाको साटो १८ महिना बनाएको हो।
विभागले उक्त व्यवस्था इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेइकल रजिस्ट्रेसन सिस्टममा समेत नयाँ व्यवस्थालाई अद्यावधिक गरिएको जनाएको छ। सिस्टममा समावेश गरिएकाले सोहीअनुसार रि–ट्रायल सञ्चालन गर्न विभागले सबै कार्यालयलाई आग्रह गरेको छ।
यस अनुसार अब लिखित परीक्षा पास गरेका परीषार्थीले १८ महिना भित्र ट्रायल दिन पाउने छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...