गत आर्थिक वर्षमा ट्राफिक कारवाही : कुनमा कति ?

काठमाडौं – अघिल्लो आर्थिक वर्षमा सवारी साधन कारवाहीवापत ३३ करोड १३ लाख ६८ हजार २१८ रुपियाँ राजस्व संकलन भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयकी डीआईजी मीरा चौधरीले जानकारी दिइन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौं उपत्यकाका ३ जिल्लामा ट्राफिक प्रहरीले एक वर्षमा ५ लाख ४ हजार सवारी साधनलाई कारवाही गरेको उनले जानकारी दिइन् ।

ट्राफिकले नियम विपरीत लेन अनुशासन मिच्ने १३ हजार ८९३, मापसे गर्ने ३३ हजार ५९०, तीव्र गतीका १८ हजार ४१७ र रातो बत्तीका १८ हजार ९९४ कारवाही भएका छन् । ट्राफिक व्यवस्थापनका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरका २२ ठाउँमा २४ घण्टा प्रहरी परिचालन गर्न थालेको छ ।

गत आर्थिक वर्षमा धेरै भाडा लिएको कसुरमा १० हजार २९५ सवारीसाधन कारवाहीमा परेका छन् । उपत्यकाबाट नियन्त्रणमा लिइएका कागजात जरिवाना तिरेर ३० ठाउँबाट लिन सकिनेगरी प्रविधि विस्तार गरिएको छ । गत आर्थिक वर्षमा १० ठाउँमा किअस्क मेशिन जडान गरिएको छ ।

३ सय २६ ठाउँमा अस्थायी ड्युटीमा प्रहरी परिचालन गरिएको छ । एकजना ट्राफिक प्रहरीले दैनिक १० घण्टा ड्युटी गर्ने गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचारहरू

पर्यटकीय आकर्षणकाे गन्तव्य बन्दै ‘हिमालयन ग्रेट ट्रेल’

पर्यटकीय आकर्षणकाे गन्तव्य बन्दै ‘हिमालयन ग्रेट ट्रेल’

सिन्धुपाल्चाेक जिल्लाको हेलम्बु गाउँपालिकाले आफ्नो गौरवको आयोजनामा...

सार्वजनिक सवारी साधनको भाडा बढ्यो

सार्वजनिक सवारी साधनको भाडा बढ्यो

काठमाडौँ – सरकारले शनिबार देखि लागू हुने गरी सार्वजनिक सवारी साधनमा...

लोकप्रिय बन्दै पठाओ ट्याक्सी : यात्रु र चालकको बीचमा प्लास्टिकको पर्दा अनिवार्य

लोकप्रिय बन्दै पठाओ ट्याक्सी : यात्रु र चालकको बीचमा प्लास्टिकको पर्दा अनिवार्य

काठमाडौं – कोरोना कहरको समयलाई मध्यनजर गर्दै पठाओ ट्याक्सीमा क्याप्टेन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...