गत आर्थिक वर्षमा ट्राफिक कारवाही : कुनमा कति ?

काठमाडौं – अघिल्लो आर्थिक वर्षमा सवारी साधन कारवाहीवापत ३३ करोड १३ लाख ६८ हजार २१८ रुपियाँ राजस्व संकलन भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयकी डीआईजी मीरा चौधरीले जानकारी दिइन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौं उपत्यकाका ३ जिल्लामा ट्राफिक प्रहरीले एक वर्षमा ५ लाख ४ हजार सवारी साधनलाई कारवाही गरेको उनले जानकारी दिइन् ।

ट्राफिकले नियम विपरीत लेन अनुशासन मिच्ने १३ हजार ८९३, मापसे गर्ने ३३ हजार ५९०, तीव्र गतीका १८ हजार ४१७ र रातो बत्तीका १८ हजार ९९४ कारवाही भएका छन् । ट्राफिक व्यवस्थापनका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरका २२ ठाउँमा २४ घण्टा प्रहरी परिचालन गर्न थालेको छ ।

गत आर्थिक वर्षमा धेरै भाडा लिएको कसुरमा १० हजार २९५ सवारीसाधन कारवाहीमा परेका छन् । उपत्यकाबाट नियन्त्रणमा लिइएका कागजात जरिवाना तिरेर ३० ठाउँबाट लिन सकिनेगरी प्रविधि विस्तार गरिएको छ । गत आर्थिक वर्षमा १० ठाउँमा किअस्क मेशिन जडान गरिएको छ ।

३ सय २६ ठाउँमा अस्थायी ड्युटीमा प्रहरी परिचालन गरिएको छ । एकजना ट्राफिक प्रहरीले दैनिक १० घण्टा ड्युटी गर्ने गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचारहरू

लागू भयो ट्रायलमा अंक प्रणाली, आजदेखि ७० अंक ल्याए लाइसेन्स

लागू भयो ट्रायलमा अंक प्रणाली, आजदेखि ७० अंक ल्याए लाइसेन्स

सवारी चालक अनुमति पत्र निर्देशिका बनेको झन्डै दुई वर्षपछि बागमती प्रदेशमा...

वर्षातमा सुरक्षित यात्राः सडक जोखिम र अपनाउनुपर्ने सावधानीहरू

वर्षातमा सुरक्षित यात्राः सडक जोखिम र अपनाउनुपर्ने सावधानीहरू

यातायात अवरुद्ध हुँदा सर्वसाधारण अलपत्र पर्छन्, दुर्घटनामा ज्यान जाने वा...

यस्तो छ गण्डकी प्रदेशको सवारी कर : २०० प्रतिशत जरिवानाका कारण विवाद

यस्तो छ गण्डकी प्रदेशको सवारी कर : २०० प्रतिशत जरिवानाका कारण विवाद

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि तोकेको सवारी साधन कर पहिले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...