ट्राफिक जरिवाना क्युआर कोर्डमार्फत तिर्न सकिने

काठमाडाैं - काठमाडौं उपत्यकामा ट्राफिक जरिवाना क्युआर कोर्डमार्फत तिर्न सकिने भएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उलंघन गर्ने चालकको सहजताका लागि ‘क्युआर स्क्यान पे फाइन एन्ड विथाउट डकुमेन्ट’ सुविधाको थालनी गरेको हो ।

कुमारी बैंक लिमिटेडको सहकार्यमा बिहीबारदेखि सुरु गरिएको उक्त सेवाको कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र बैंकका डिजिटल प्रमुख अनिश ताम्राकारले संयुक्त रूपमा शुभारम्भ गरेका हुन् ।

उक्त सेवा प्रारम्भ भएसँगै जरिवाना रकम तिर्न बैंक खोज्न भौतारिनुपर्ने वा नगद पैसा बोकेर बैंकमा घण्टौं लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य हुने कार्यालय प्रमुख जोशीले बताए ।

ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनमा नयाँनयाँ प्रविधिको उच्चतम प्रयोगलाई बढाउँदै लगेकाले आम सडक प्रयोगकर्तालाई थप सहज, सरल, छिटो र भरपर्दो भएको उनकाे भनाइ छ ।

कुमारी बैंकका डिजिटल बैंकिङ प्रमुख ताम्राकारले उक्त व्यवस्थाबाट नागरिकलाई थप सुविधा भएको र आगामी दिनमा अझ सुलभ तथा उत्कृष्ट सेवाका लागि ट्राफिक प्रहरीसँग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् । 

सम्बन्धित समाचारहरू

५ करोडको लगानीमा चितवनमा खुल्यो ड्राइभिङ स्कुल

५ करोडको लगानीमा चितवनमा खुल्यो ड्राइभिङ स्कुल

चितवन – सवारी चालक प्रशिक्षण प्रदान गर्न आधुनिक सुविधासहित ‘चितवन...

टिकौली जङ्गल क्षेत्रमा ‘राडर गन’ सहित चेकजाँच

टिकौली जङ्गल क्षेत्रमा ‘राडर गन’ सहित चेकजाँच

मुग्लिन (चितवन) – जिल्ला ट्राफिक कार्यालय चितवनले सडक दुर्घटनालाई...

आज देखि प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा नगरेका गाडीलाई एक लाख जारिवाना हुने

आज देखि प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा नगरेका गाडीलाई एक लाख जारिवाना हुने

वन तथा वातावरण विभागले आज पुस १ गतेदेखि प्रदूषण जाँच नगरी तोकिएको मापदण्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...