कार रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ?
कार चलाउन सिक्नेहरुका लागि धेरै कुरा जान्नु पर्ने आवश्यकता हुन्छ । ती...
काठमाडौं – विभिन्न जिल्लाका प्रहरी कार्यालय परिसरमा देखिने करोडौ मूल्यका दुई पांग्रे सवारी साधन अब लिलामी प्रक्रियाद्वारा बिक्री गरिने भएको छ । यसका लागि जिल्ला प्रहरी कार्यालयले पत्रुसरह लिलामी गर्ने तयारी गरेको हो ।
सबै जसो प्रहरी कार्यालयमा वर्षौंदेखि सवारीसाधन असरल्ल देखिन्छन् । न सवारीधनीले दाबी नै गर्न आउँछन् न त प्रहरीले उचित व्यवस्थापन नै गर्न सकेको छ । प्रहरी चौकीदेखि जिल्ला प्रहरी कार्यालय परिसरमा दशकौँदेखि बेवारिसे बनेका सवारीसाधनले प्रहरी कार्यालयको सौन्दर्यमा मात्र होइन अनावश्यक रूपमा जग्गा ओगट्दा कार्यसम्पादनमा समेत समस्या ल्याउने गरेको देखिन्छ ।
बागमती प्रदेशको जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयमा विभिन्न मितिमा फेला परेका र नियन्त्रणमा लिइएका स्वामित्व नखुलेर बेवारिसे अवस्थामा रहेका सवारीसाधन हालसम्म कुनै पनि व्यक्तिले दाबी गर्न नआएकाले लिलामी प्रक्रीया अगाडि बढाएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयले बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका काठमाडौँ उपत्यकाका तीन जिल्लाबाहेकमा १० जिल्लाका प्रहरी कार्यालयमा दुईपाङ्ग्रे र चारपाङ्ग्रे गरी एक हजार ५९७ वटा सवारीसाधन स्वामित्व नखुलेको र बेवारिसे अवस्थामा रहेको भन्दै तथ्याङ्कसहित पत्राचार गरेको छ ।तीमध्ये स्वामित्व नखुलेका चारपाङ्ग्रे १० र दुईपाङ्ग्रे एक हजार ५८७ वटा सवारीसाधन प्रहरी कार्यालय परिसरमा छन् ।
कार्यविधिमा स्वामित्व नखुलेका पुराना सवारीसाधन लिलाम बिक्री गर्न कार्यालयले आफ्नो कम्पाउन्ड हाताभित्र रहेका वा आफ्नो कार्यालयमा प्रयोग भई तत्काल चालु अवस्थामा नरहेका एवं स्वामित्वसम्बन्धी कुनै कागजपत्र नभेटिएका पुराना सवारीसाधन वा नम्बर प्लेट पत्ता नलागेको अवस्थाका सवारीसाधनको चेसिस नम्बर वा इन्जिन नम्बर खुलाई स्वामित्व दाबी गर्न पन्ध्रदिने सार्वजनिक सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था छ ।
साथै सूचना अनुसार सवारीसाधनको कुनै दाबी नपरेमा कार्यालयले उक्त सवारीसाधन र सम्पत्ति तथा जिन्सी खातामा आम्दानी बाँध्नुपर्ने र आम्दानी बाँधिएका सवारीसाधन कार्यविधिबमोजिम पत्रुका रूपमा लिलाम बिक्री गर्नुपर्ने उल्लेख छ ।
कार चलाउन सिक्नेहरुका लागि धेरै कुरा जान्नु पर्ने आवश्यकता हुन्छ । ती...
काठमाडौं – बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनले असार मसान्त...
काठमाडौँ – विभिन्न मितिमा हराएका २१ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...