के हो कारमा हुने ट्रयाक्सन कन्ट्रोल सिस्टम ?

कार खरिद गर्ने सोचमा हुनुहुन्छ भने कारमा पाइने सेफ्टी फिचरको बारेमा विशेष जानकारी राख्नुपर्छ । कारमा कुन फिचर अनिवार्य छ भन्ने थाहा पाउनु धेरै महत्वपूर्ण छ । कारमा हुने ट्रयाक्सन कन्ट्रोल सिस्टम फिचरले विश्वमा लाखौंको ज्यान बचाइएको छ ।

ट्रयाक्सन कन्ट्रोल एक सेफ्टी फिचर हो । यसले कारलाई एउटै गतिमा नियन्त्रण गर्न सक्छ । आजको समयमा धेरैजसो सवारी साधनमा ट्रयाक्सन कन्ट्रोल सिस्टम पाइन्छ । यसको मुख्य काम सडकमा कार चलाउँदा चिप्लिनबाट रोक्नु हो ।

कहिलेकाहीँ कारको अगाडिको चक्का चिप्लिदा पछाडिबाट नियन्त्रण गर्न निकै गाह्रो हुन्छ । यस्तो अवस्थामा अगाडिबाट कार चिप्लिए पनि ट्रयाक्सन कन्ट्रोल फिचरको कारणले कारलाई नियन्त्रणमा लिन सकिन्छ ।

ट्रयाक्सन कन्ट्रोल सिस्टमको सेन्सरले कार दुर्घटना हुन सक्ने सम्भावनाको जानकारी चालकलाई दिन्छ । सडकमा कुनै पनि प्रकारको चिप्लो महसुस भएमा कारको ड्यासबोर्डमा रहेको वार्निङ लाइटमा ध्यान दिनुपर्छ । यदि यो सक्रिय छ भने सावधानीपूर्वक ड्राइभ गर्नपर्छ ।

यसको फाइदासँगै बेफाइदा पनि छ । लामो समयसम्म यसलाई बेवास्ता गरेमा इन्जिनको पावर बिस्तारै कम हुन्छ । यसका कारण कारको इन्जिन पनि सिज हुन सक्छ ।

चिप्लो सडकमा ट्रयाक्सन कन्ट्रोल सक्रिय हुनु सामान्य हो । तर सामान्य अवस्थामा पनि यो सक्रिय भएमा कारको टायर परिवर्तन गर्नुपर्छ । ड्राइभिङ गर्दा यसलाई नियन्त्रणमा राख्नुपर्छ । यदि यो नियन्त्रण बाहिर गएमा दुर्घटना हुने सम्भावना बढी हुन्छ ।

सम्बन्धित समाचारहरू

प्रमोद कुमार भन्छन् – हेभी कमर्सियल भेइकलका लागि मकास नम्बर वान कम्पनी हो ।

प्रमोद कुमार भन्छन् – हेभी कमर्सियल भेइकलका लागि मकास नम्बर वान कम्पनी हो ।

प्रमोद कुमार केही समय पहिले काठमाडौंमा सम्पन्न ‘मकास मेकानिक्स मिट’ मा...

जाडोमा कारको हेरचाह : विन्डस्क्रिनमा कुहिरो हटाउन यसो गरौ

जाडोमा कारको हेरचाह : विन्डस्क्रिनमा कुहिरो हटाउन यसो गरौ

सवारी ड्राइभिङ गर्दा आवश्यक परेको बेलामा वाइपर चलाउनु स्वाभाविकै हो ।...

किन हुन्छ कारको ब्रेक फेल ? सडकमै ब्रेक फेल भए के गर्ने ?

किन हुन्छ कारको ब्रेक फेल ? सडकमै ब्रेक फेल भए के गर्ने ?

कल्पना गर्नुहोस् यदि तपाईं कार चलाउँदै हुनुहुन्छ र तपाईंलाई ब्रेक फेल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...