नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट, यस्तो छ मूल्य र विशेषता
काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...
टोयोटा सन् २०२० मा विश्वको शीर्ष कार बिक्रेता कम्पनी बनेको छ । टोयोटाले ५ वर्ष पश्चात फक्सवागनबाट यो उपाधि खोसेको हो ।
यो भन्दा पहिले ५ वर्ष सम्म लगातार रुपमा विश्वको सबैभन्दा ठूलो कार बिक्रेताको उपाधि फक्सवागनले पाइरहेको थियो ।
सन् २०२० मा टोयोटाले ९० लाख ५३ हजार गाडी बेच्यो भने फक्सवागन ग्रुपले ९० लाख ३१ हजार गाडी बेच्यो । कोरोना भाइरसको कारण विश्वका अधिकांश कम्पनीहरुलाई जस्तै यी दुवै कम्पनीलाई पनि असर भने पुगेको छ ।
दुवै कम्पनीको बिक्रीमा अघिल्लो वर्षको तुलनामा कमी आएको छ । टोयोटाको बिक्रीमा ११.३ प्रतिशत र फक्सवागनको बिक्रीमा १५.३ प्रतिशतले गिरावट आएको हो ।
यद्यपि टोयोटाको मुख्य बजार एसिया र जापानको तुलनामा फक्सवागनको मुख्य बजार युरोप र अमेरिकामा यसले धेरै असर पु-यायो । टोयोटाले गत बर्षमा बिक्री गरेको इलेक्ट्रिक गाडीको अनुपात पनि बढेको छ । पहिलो वर्ष २० प्रतिशत इलेक्ट्रिक गाडी बिक्री गरेकोमा यो वर्ष २३ प्रतिशत बिक्री भएको बताइएको छ ।
टोयोटा मोटर कर्पोरेसन अन्तर्गत यसका सहायक कम्पनीहरु दाइहात्सु मोटर कम्पनी र हिनो मोटर्स लिमिटेड पर्छन् । त्यसैगरी फक्सवागन एजी ग्रुप अन्तर्गत औडी, बेन्ट्ले, बुगाटी, पोर्स्चे, स्कोडा र फक्सवागन आदि पर्छन् ।
काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...
नयाँ बाइकको बिक्री बढाउन बिभिन्न आयतकर्ता कम्पनीहरुले प्रायः बाह्रै...
जर्मन अटो ब्रान्ड बीएमडब्ल्युका बाइक अहिले नेपाली बजारमा लोकप्रिय...