भारतमा सबैभन्दा धेरै बिक्ने सुजुकी स्विफ्ट फेसलिफ्टमा आउँदै, नेपालमा समेत आउने

मारुती सुजुकीले आगामी फेब्रुअरी भित्र भारतमा स्विफ्ट फेसलिफ्ट लन्च गर्ने तयारी गरेको छ । सो कारको तस्बिर हाल विभिन्न मिडियामा सार्वजनिक भएको छ ।

तस्बिर अनुसार स्विफ्ट फेसलिफ्टको साइड प्रोफाइलमा केही परिवर्तन गरिएको छैन । सो कार प्रि– फेसलिफ्ट मोडलको डायमन्ड कट ड्युअल टोन अलोय ह्विलको साथमा उपलब्ध छ ।

नयाँ स्विफ्ट फेसलिफ्ट कार नयाँ अलोय ह्विलको साथमा उपलब्ध हुनेछ भने रेडिएटर ग्रिललाई पुरै छोपिएको छ । कारमा ग्रिलको लागि हनीकम्ब मेश डिजाइनको सुविधा हुने सम्भावना रहेको छ । साथै यसमा क्रोम स्ट्रिप हुनेछ जसले रेडिएटर ग्रिललाई दुई भागमा विभाजित गरिएको छ ।

सो कारको डिजाइनमा खासै परिवर्तन गरिएको छैन । यसको इन्टेरियरमा नयाँ सिट अपहोल्स्ट्रीको साथै क्याबिन हाल उपलब्ध मोडल जस्तै हुने अनुमान गरिएको छ । इन्स्ट्रयुमेन्ट क्लस्टरको लागि मल्टी कलर एमआईडी, स्मार्टप्ले स्टुडियो टचस्क्रिन इन्फोटेन्टमेन्ट सिस्टमको अपडेट भर्सन समावेश गरिने सम्भावना रहेको छ ।

भारतमा स्विफ्ट फेसलिफ्ट १.२ लिटर ४ सिलिन्डर एनए पेट्रोल इन्जिनको साथमा प्रस्तुत गर्ने सम्भावना रहेको छ । जसले ८३ पीएसको पावर र ११३ एनएमको टर्क जेनेरेट गर्छ । यद्यपि स्विफ्ट फेसलिफ्टको सुरुवातमा सम्भवतः १.२ लिटर के१२एन डुअलजेट माइल्ड हाइब्रिड पेट्रोलको साथमा स्टार्ट÷स्टप फंक्सनमा उपलब्ध हुने सम्भावना रहेको छ । जसले ९० पीएसको अधिकतम पावर जेनेरेट गर्छ । ट्रान्समिशनको लागि ५ स्पिड म्यानुअल र बैकल्पिकको लागि ५ स्पिड एएमटी गियरबक्स समावेश गरिनेछ ।

भारतमा सन् २०२० मा सर्बाधिक बिक्री हुने कारको रेकर्ड कायम गरेको स्विफ्ट नेपाली बजारमा समेत ल्याउने तयारी भइरहेको छ । सुजुकीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले यसको लागि तयारी भइरहेको र यो गाडी नेपाली बजारमा उपलब्ध भए पश्चात नेपाली ग्राहकले विशेष रुपमा रुचाउने अपेक्षा गरिएको बताएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...