विश्वमा बिक्री भएका टप १० ईभी मध्ये ५ बीवाईडी र २ टेस्लाका इलेक्ट्रिक कार

मार्केट रिसर्च एजेन्सी काउन्टरप्वाइन्ट रिसर्चले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार सन् २०२३ को पहिलो त्रैमासिकमा विश्वमा धेरै बिक्री भएका १० इलेक्ट्रिक कार मध्ये २ टेस्ला र ५ बीवाईडीका विभिन्न मोडल छन् ।

यो अवधिमा सबैभन्दा धेरै बिक्री हुने कार टेस्ला मोडल वाई छ । त्यसपछि दोस्रो नम्बरमा टेस्ला मोडल ३ र तेस्रो नम्बरमा बीवाईडी सोङ छ ।

चौथो नम्बरमा बीवाईडी युआन प्लस छ । नेपाली बजारमा चाहिं युआन प्लस एट्टो ३ ब्रान्ड नेममा उपलब्ध छ । पाँचौ नम्बरमा बीवाईडी क्विन र छैटौं नम्बरमा वुलिङ होङगुवाङ मिनी ईभी छ ।

सातौ नम्बरमा बीवाईडी डल्फिन, आठौ नम्बरमा एइओन एस र नवौं नम्बरमा बीवाईडी हान छ । दशौं नम्बरमा चांगान लुमिन ईभी छ ।

प्रथम त्रैमासिक अवधिमा विश्वमा गत वर्षको यही अवधिको तुलनामा ३२ प्रतिशत बढी इलेक्ट्रिक प्यासेन्जर भेइकल बिक्री भएका छन् । त्यसैगरी बिक्री भएका प्रत्येक
७ कार मध्ये एउटा इलेक्ट्रिक कार हुने गरेको छ ।

त्यसैगरी सो रिपोर्ट अनुसार बिक्री भएका ईभी मध्ये ७३ प्रतिशत ब्याट्री इलेक्ट्रिक भेइकल छन् भने बाँकी २७ प्रतिशत प्लग–इन हाइब्रिड भेइकल छन् ।

त्यसैगरी विश्वभर बिक्री भएका इलेक्ट्रिक गाडीको बजारमा चाइनिज बजारले ५६ प्रतिशत योगदान गरेको छ ।

सम्बन्धित समाचारहरू

शून्यभन्दा तल तापक्रममा पनि इलेक्ट्रिक ट्रक ३० मिनेटमै चार्ज हुने प्रविधि सार्वजनिक

शून्यभन्दा तल तापक्रममा पनि इलेक्ट्रिक ट्रक ३० मिनेटमै चार्ज हुने प्रविधि सार्वजनिक

फिनल्याण्डको कम्पनी केम्पावरले अत्यधिक चिसो मौसममा पनि इलेक्ट्रिक सवारी...

महिन्द्राद्वारा नयाँ इलेक्ट्रिक एसयूभीको टिजर सार्वजनिक, नोभेम्बर २६ मा दुई मोडल लन्च हुँदै

महिन्द्राद्वारा नयाँ इलेक्ट्रिक एसयूभीको टिजर सार्वजनिक, नोभेम्बर २६ मा दुई मोडल लन्च हुँदै

महिन्द्राले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभीको पहिलो झलक सार्वजनिक गरेको छ ।...

थापाथली क्याम्पसले कीर्तिपुरमा चार्जिङ स्टेसन बनाउने

थापाथली क्याम्पसले कीर्तिपुरमा चार्जिङ स्टेसन बनाउने

काठमाडौं – त्रिभुवन विश्वविद्यालय अन्तर्गतको थापाथली क्याम्पसले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...