यसरी हुन्छ कारमा ब्रेक फेल, ब्रेक फेल हुँदा यसरी रोकौ कार

कार ड्राइभिङको समयमा दिमागलाई फ्रेस राख्नु पर्छ । दिमाग फ्रेस राख्दा ड्राइभिङको समयमा दुर्घटना हुनबाट बच्न सकिन्छ । कहिलेकाही ड्राइभिङको समयमा ब्रेक फेल हुने डर रहन्छ । कारको ब्रेक फेल भएमा के गर्ने भन्ने जानकारी हुनु अति आवश्यक छ ।

के कारणले कारको ब्रेक फेल हुन्छ ?
ड्राइभिङको समयमा कार कसरी ब्रेक फेल हुन्छ भन्ने जानकारी हुनु आवश्यक छ । यसमा २ वटा कारण छ । पहिलो कारण ब्रेक फ्लुइड आयल लिक हुनु र दोस्रो कारण ब्रेक मास्टरको काम नहुनु हो ।

ड्राइभिङको समयमा कारको ब्रेक प्याडल दबाउँदा ब्रेक फ्लुइडले एक हाइड्रोलिक प्रेसर जेनेरेट गर्छ र टायरमा रहेको ब्रेक प्याडसम्म जान्छ । जुन कारमा डिस्क ब्रेक हुन्छ त्यसमा ब्रेक प्याड डिस्कको दुबै तर्फ हुने प्याडबाट डिस्कमा दबाब पैदा गर्छ । जसले ह्वीललाई घुम्नबाट रोक्ने काम गर्छ । जुन कारमा ड्रम ब्रेक हुन्छ त्यसमा ब्रेक प्याडले टायरमा दबाब पैदा गरेर कार रोक्ने काम गर्छ ।

कारको ब्रेक फेल हुँदा के गर्ने?
कारको ब्रेक फेल हुने स्थितिमा सबैभन्दा पहिला एक्सिलेटरबाट खुट्टा हटाउनु पर्छ । साथै क्लचलाई पनि दबाउनु हुँदैन । कारको ब्रेक तुरुन्त परिवर्तन गर्नु पर्छ । कारलाई सकेसम्म पहिलो गियरमा ल्याउनु पर्छ । गियर परिवर्तन गर्दा क्लच दबाउनु आवश्यक पनि हुँदैन । कार पहिलो गियरमा हुँदा इन्जिनमा लोड परेको हुन्छ र कारको स्पिड स्लो हुन्छ ।

ब्रेक फेल हुँदा पनि बारम्बार कारको ब्रेक दबाउन पर्छ । कहिलेकाही कारको ब्रेक जाम हुन सक्छ र यस्तो गरेमा फेरि ब्रेकले काम गर्ने सम्भावना रहेको हुन्छ । विपरीत दिशाबाट आइरहेको अन्य भेइकललाई सतर्कता देखाउनका लागि बारम्बार कारको हर्न बजाउने गर्नु पर्छ । साथै कारको हेडल्याम्प र इमरजेन्सी लाइट पनि अन राख्नु पर्छ ।

कारको एसी अन गर्नुपर्छ । जाडो मौसममा भए एसी विंग्सको दिशा अन्य दिशामा फर्काउनु पर्छ । साथै कारको सबै झ्याल खुल्ला राख्नु पर्छ । यसले बाहिरको हावा कार भित्र आउछ र कारको स्पिडमा कमी आउन थाल्छ । कारको ब्रेक फेल हुँदा सबैभन्दा महत्वपूर्ण कुरा भनेको कारको ह्यान्डब्रेक विस्तारै उठाउनुहोस् । कारको ह्यान्डब्रेक माथि उठाउँदा कार विस्तारै स्लो हुन थाल्छ । ड्राइभिङ गर्दा ब्रेक फेल भएमा कारलाई सकेसम्म खाली स्थान, चौर र हिलोको बाटोमा लिएर जाने कोसिस गर्नु पर्छ । यसले पनि कारलाई स्लो गर्न मदत गर्छ ।

कारको ब्रेक फेल हुँदा के गर्नु हुँदैन?
ड्राइभिङको समयमा कारको ब्रेक फेल हुँदा हडवडाउनु हुँदैन । कारको ब्रेक फेल हँुदा ह्यान्डब्रेक तुरुन्त समाउनु हुँदैन । यस्तो गर्दा कार पल्टिने सम्भावना बढी रहन्छ । कारको ब्रेक फेल हुँदा कारलाई कुनै स्थानमा ठोकाउने सोंच राख्नु हुँदैन । यस्तो गर्दा कारमा बढी ड्यामेज हुने र ठूलो दुर्घटना हुने सम्भावना बढी रहन्छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...