उकालोमा गाडी बन्द भयो ? यसरी बढाउनुस् अगाडि

कहिलेकाहिं उकालो ठाउँमा पनि सवारीको स्टार्ट बन्द हुन सक्छ । यसरी बन्द हुँदा स्टार्ट गरी अगाडि बढाउन केही कठिन हुन्छ । यस्तो अवस्थामा चालकले अपनाउनु पर्ने कार्यको वारेमा राम्रो जानकारी हुनु आवश्यक छ । दक्ष चालकलाई यो सहज कार्य नै मानिन्छ । सिकारु र सक्षम नभइसकेकालाई यो ठूलो कठिनाइ हो ।

यसका लागि चालकहरुले निम्न कुरामा ध्यान पु-याउनु पर्छ :
१. गाडीको ह्यान्ड ब्रेक लगाउनु पर्छ ।
२. पछाडिका चक्कामा ओट लगाउनु पर्छ ।
३. त्यसपछि सवारी स्टार्ट गर्नुपर्छ ।
४. सवारी स्टार्ट भइसके पछि एक्सिलरेटर अलिकति थिची इन्जिनको गति बढाउनु पर्छ ।
५. ह्यान्ड ब्रेकले धान्न नसक्ने भए फुट ब्रेक पनि लिनु पर्छ ।
६. गाडी स्टार्ट भइसके पछि बायाँ खुट्टाले क्लच थिची १ नम्बर गियरमा लगाउनु पर्छ ।
७. १ नम्बर गियर लगाएपछि दाहिने खुट्टाको एक छेउले फुट ब्रेक छोड्ने र अर्को छेउले एक्सिलरेटर चिच्दै जाने र क्लचमा भएको बायाँ खुट्टा पनि विस्तारै उठाउँदै जाने काम एकैसाथ गरिएमा सवारी अगाडि बढ्छ ।
८. गाडी उकालो चढ्नु अघि नै उकालोको अवस्था अनुसारको गियर लगाउनु पर्छ । चढ्दै गर्दा गियर लगाउनु राम्रो हुँदैन ।
९. उकालोमा रहेको गाडी स्टार्ट गर्दा आवश्यक परेमा गियर लगाएकै बेला पनि क्लच थिचेर इन्जिन स्टार्ट गर्न सकिन्छ । यसरी स्टार्ट गर्दा अगाडि बढाउन सजिलो पर्छ तर यसो गर्दा सवारीमा ओट नराखी गर्नुहुँदैन ।
१०. उकालोमा गाडी रोक्नु परेको अवस्थामा ह्यान्ड ब्रेक लगाएर मात्र पुग्दैन, फुट ब्रेक पनि लगाउनु पर्छ र पहिलो गियरमा राखी ओट लगाएमा झन् राम्रो हुन्छ ।

माधव प्रसाद अधिकारी
भेइकल एकेडेमी एन्ड रिसर्च सेन्टर
गुर्जधारा, काठमाडौं

सम्बन्धित समाचारहरू

ट्राफिक प्रहरीद्वारा ‘राडर गन’ प्रयोग, दुर्घटना नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा

ट्राफिक प्रहरीद्वारा ‘राडर गन’ प्रयोग, दुर्घटना नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा

काठमाडौं । एयरपोर्ट–तीनकुने सडकमा अनियन्त्रित सवारी चलाउनेहरुलाई...

इम्बोस्ड नम्बर प्लेट : तोकिएको अवधिमा एक प्रतिशत मात्र काम

इम्बोस्ड नम्बर प्लेट : तोकिएको अवधिमा एक प्रतिशत मात्र काम

सवारीसाधनको सुरक्षाका लागि इम्बोस्ड नम्बर प्लेट जडान गर्न तोकिएको अवधि...

वर्षाका कारण ट्राफिक व्यवस्थापनमा समस्या

वर्षाका कारण ट्राफिक व्यवस्थापनमा समस्या

काठमाडौँ -अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाभित्रको ट्राफिक व्यवस्थापन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...