गर्मीयाममा कारलाई घामबाट बचाउन यी उपाय अपनाउनु उपयुक्त

गर्मीको मौसम सुरु भइसकेको छ । गर्मीयाममा यात्रा गर्नु निकै कठिन हुन्छ । सो मौसममा केही समय घाममा कार राख्दा पनि कारको सिट तातो हुन्छ । साथै कार भित्र यति गर्मी हुन्छ कि कारमा बस्न पनि गाह्रो हुन्छ । सुर्यको किरणले कारको ड्यासबोर्ड र सिट निकै हिट हुन्छ । यसलाई जोगाउन यी उपाय अपनाउन सकिन्छ । यदि कारको ड्यासबोर्ड डार्क छ भने कारको भित्रको तापक्रम ९० डिग्री सेल्सियससम्म पुग्न सक्छ । कारको झ्याल ५ सेमी खुल्ला राखेमा पनि ३६ डिग्री सेल्सियसलाई २ डिग्रीसम्म कम गर्न सकिन्छ । कार पार्क गर्दा सुरक्षालाई ध्यानमा राखि कारको झ्याललाई केही खुल्ला छोड्दा कारको तापक्रमलाई कम गर्न सकिन्छ । कारको इन्टेरियरमा सबैभन्दा बढी तापक्रम विन्डसिल्डबाट छिर्ने गर्छ । यहाँ सन सेड निकै फाइदाजनक हुन सक्छ । फ्लोरिडा सोलर एनर्जी सेन्टरको प्रयोग अनुसार सो सेडको इन्टेरियरको तापमान बाहिरी तापमान भन्दा २ डिग्री कम हुन्छ । कारलाई घामका राख्दा सेडलाई विन्डसिल्डमा लगाउनु पर्छ । कारको सिट र ड्यासबोर्डमा कपडा ढाकेर पनि तापमानलाई कम गर्न सकिन्छ । कारको स्टेयरिङमा ठूलो नेप्किन राख्दा पनि सहायक हुनसक्छ । कारको सिट लेदरबाट बनेको छ भने यसलाई कपडाले ढाक्नु जरुरी छ । यस्तो गर्दा लेदर सिटको आयु पछि बढ्छ र सिट तातो पनि हुँदैन । कार पार्क गर्दा कारको पछाडिको भाग सिधा सुर्यसँग सम्पर्कमा हुनु हुँदैन । यसले गर्दा कमसेकम कारको स्टेयरिङ ह्विल र ड्यासबोर्ड तातो हुँदैन । कार ड्राइभ गर्दा कारको सिसा केही खोलेर ड्राइभ गर्दा इन्टेरियर चाँडै चिसो हुन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...