बीवाईडीको लोभलाग्दो प्रगति : १३ वर्षमा ३० लाख युनिट कार उत्पादन

चिनियाँ कम्पनी बीवाईडीले १३ वर्षमा ३० लाख युनिट उत्पादन तथा बिक्री गरेको छ । कम्पनीले सुरुको १३ वर्षमा १० लाख युनिट विद्युतीय गाडी बिक्री गरेको बताएको छ । बीवाईडीलाई आफ्नो पहिलो १० लाख नयाँ इलेक्ट्रिक गाडी डेलिभरी गर्न १३ वर्ष लागेको थियो ।

कम्पनीले वितरण गरेको ३० लाखौ मोडल बीवाईडी सिल मोडल हो । तर पछिल्लो १६ महिनामा विद्युतीय गाडी बिक्री दोब्बर भएको छ । यो अवधिमा कम्पनीले २० लाख युनिट गाडी उत्पादन गरेको छ ।

यस्तै पछिल्लो ६ महिनामा १० लाख गाडी बिक्री गरेको छ । सन् १९९५ फेब्रुअरीमा स्थापित भएको उक्त कम्पनीले २०२१ सालमा मात्र ६ लाख भन्दा बढी कारहरु बिक्री गरेको छ ।

कम्पनीले पछिल्लो उत्पादन एट्टो ३ सार्वजनिक गरेसँगै बजार विस्तारलाई थप प्राथमिकता दिएको हो । कम्पनीले थाइल्याण्डमा समेत विद्युतीय सवारी उत्पादन गर्न जग्गा खरिद गरिसकेको जनाएको छ । उद्योग सन् २०२४ बाट सुरु हुने छ । यसले वार्षिक १ लाख ५० हजार युनिट क्षमता भएका विद्युतीय सवारी उत्पादन गर्ने कम्पनीले जनाएको छ ।

विश्वभर करिब ७० वटा देशहरुमा बीवाईडीले बजार विस्तार गरेको छ भने सेप्टेम्बर महिनामा मात्र विश्वभर २ लाख १७ हजार ८१६ युनिट कार बिक्री गर्न सफल भएको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक स्कुटरका साथ बजारमा पुनरागमन गर्दै काइनेटिक

इलेक्ट्रिक स्कुटरका साथ बजारमा पुनरागमन गर्दै काइनेटिक

काइनेटिकले फेरि भारतीय बजारमा पुनरागमन गर्ने भएको छ । तर, यसपटक कम्पनीले...

२०३० सम्ममा विश्वको सबैभन्दा ठूलो ईभी उत्पादक बन्ने भारतको महत्वकांक्षा

२०३० सम्ममा विश्वको सबैभन्दा ठूलो ईभी उत्पादक बन्ने भारतको महत्वकांक्षा

विश्वको तेस्रो ठूलो अटो बजार भारत अव ईभी उत्पादनमा समेत आक्रमक बन्ने भएको छ...

रोजाईमा १५० किलोवाट पावर भएका २ इलेक्ट्रिक कार : हुन्डाई कोना र किया निरो

रोजाईमा १५० किलोवाट पावर भएका २ इलेक्ट्रिक कार : हुन्डाई कोना र किया निरो

नेपाली बजारमा हालसम्म उपलब्ध इलेक्ट्रिक कार मध्ये हुन्डाई कोना र किया...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...