बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
सवारी साधनको खपतमा आएको वृद्धिसँगै यसका लागि आवश्यक पर्ने स्पेयर पार्ट्स तथा कम्पोनेन्टको बजार समेत बिस्तार हुँदै गएको छ । यस्ता सामाग्रीको माग बढ्न थालेपछि कारोबार गर्ने व्यवसायी र तिनले गर्ने कारोबार रकममा समेत वृद्धि भइरहेको छ ।
पछिल्लो समय नेपालको स्पेयर पार्ट्स व्यवसायमा उत्कृष्ट कारोबार गर्ने ३ ठूला कम्पनीहरु यस प्रकार रहेका छन् ।
एसटीसी ग्रुप
स्पेयर पार्ट्स तथा कम्पोनेन्ट्सको कारोबार गर्ने अग्रणी संस्थाका नाम लिंदा अग्रपक्तिंमा आउने नाम हो श्री एसटीसी ग्रुप । काठमाडौको ढुङ्गेअड्डामा कार्यालय रहेको यो ग्रुपसँग हाल डेढ दर्जन हाराहारी ब्रान्डका कम्पोनेन्ट्स कारोबार भइरहेको छ ।
ग्रुप अन्तर्गतको श्री एसटिसी प्रालिले एनी लुब्रिकेन्ट्स सहित अन्य आधा दर्जन बढी ब्रान्डको स्पेयर पार्ट्स आयत गरी बिक्री गर्दै आइरहेको छ । त्यसैगरी एसटीसी अटो प्रालिले सिएट टायरका लागि नेपालको एकमात्र आधिकारिक बिक्रेताका रुपमा कारोबार गर्छ । कलस अटो प्रालिले एएसके ब्रान्ड सहित अन्य थप ब्रान्डको समेत आयात गरी कारोबार गर्दै आइरहेको छ । ग्रुपको वार्षिक कारोबार २ अर्ब रुपैयाँमाथि पुग्ने बताइएको छ । जसमध्ये ठूलो हिस्सा टायर र लुब्रिकेन्ट्सले ओगट्छ । सुरेश उप्रेती ग्रुपका प्रबन्ध निर्देशक हुन् ।
सत्यदिप इन्टरनेसनल
स्पेयर पार्ट्स व्यवसायमा सफलता हात पार्न सफल अर्को कम्पनीको नाम हो सत्यदिप इन्टरनेसनल । ललितपुरको धोबीघाटमा कार्यालय रहेको यो कम्पनी अन्तर्गत एसडीआई अटोमोबाइल्स समेत पर्छ । कम्पनीमा दिपेन्द्र मिश्र प्रबन्ध निर्देशक र सञ्जिव हमाल बजार निर्देशक छन् ।
बोस इन्डियाको आधिकारिक वितरक रहेको सत्यदिपले मकिनो, डीआईडी, फेम, रेम्सन, आई स्पेयर, दिब्योल लुब्रिकेन्ट्स र मेभोक्स हेल्मेट लगायत ब्रान्डका स्पेयर पार्ट्स तथा कम्पोनेन्ट्स आयात गरी कारोबार गर्दै आइरहेको छ । त्यसैगरी एसडीआईले मिन्डा, ग्याब्रियल, गोएट्ज पिस्टन लगायत अन्य थुप्रै ब्रान्डका स्पेयर पार्ट्सको कारोबार गर्छ ।
सत्यदिप अन्तर्गतकै अर्को कम्पनी बिआई टु ह्विलरले केज ब्रान्डको स्पेयर टु ह्विलर ब्याट्री आयात प्रारम्भ गरेको छ । बिगत ३ बर्षयता सत्यदिपले टु ह्विलर सेग्मेन्टमा बढी जोड दिँदै लगेको छ । कम्पनीको वार्षिक कारोबार १ अर्ब ५० करोड रुपैयाँ हाराहारी रहेको बताइएको छ ।
एपीआई इन्टरनेसनल
नेपालको सबैभन्दा पुरानो मध्ये एक स्पेयर पार्ट्स व्यावसायिक घरानाको नाम हो बिर सिंह । सोही घरानाको पछिल्लो पुस्ता सगुन बिरसिंहको कमान्डमा सञ्चालित एपीआई इन्टरनेसनलले बहुराष्ट्रिय ब्रान्ड शेल लुब्रिकेन्ट्स, रानी, फ्याग, एम्रोन ब्याट्री र भेगा हेल्मेटको नेपालस्थित आधिकारिक बिक्रेताका रुपमा कारोबार गर्दै आइरहेको छ । यो कम्पनीको बार्षिक करोबार १ अर्ब रुपैयाँ माथि रहको बताइएको छ ।
(स्पेयर पार्ट्स व्यवसायीहरुसँग गरिएको अनौपचारिक कुराकानीका आधारमा तयार पारिएको जानकारी)
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...