थर्ड ह्विलले अनलाइनमार्फत बेच्न थाल्यो इलेक्ट्रिक स्कुटर, २५ हजार सम्म छुट

काठमाडौं – थर्ड व्हिलले नेपाली बजारमा दुई नयाँ इलेक्ट्रिक स्कुटर उपलब्ध गराउन थालेको छ । कम्पनीले शुक्रबारदेखि अनलाइनमार्फत ती स्कुटर बिक्रीको सेवा सुरू गरेको हो ।

थर्ड ह्विलले विगत २ वर्ष देखि नै अनलाइन माध्यमबाट दुई पांग्रे सवारीको सर्भिसिङ गर्ने, पार्टपुर्जा बिक्री गर्ने तथा बाइक तथा स्कुटरहरुको एसेसरिजको बिक्रीलगायतका सेवा दिदै आएको थियो । थर्ड ह्विलले व्यवसाय विस्तारको नयाँ अध्यायका रूपमा इलेक्ट्रिक स्कुटरहरु अनलाइन प्लेटफर्ममार्फत बिक्री वितरण गर्ने कामको थालनी गरेको बताएको छ ।

कम्पनीले भारतको प्योर कम्पनीका ई–प्लुटो र इट्रान्स नियो नामका दुई स्कुटर बिक्रीमा राखेको छ । भारतीय ब्रान्डका यी स्कुटर किन्न चाहनेले अनलाइनमा अर्डर गरेपछि ‘टेस्ट ड्राइभ’ गर्न घर अथवा अफिसमा नै उपलब्ध हुनेछन् ।

ई प्लुटो ७जी को मूल्य २ लाख ४९ हजार रुपैयाँ कायम गरिएको छ । क्रोम फिनिस्ड बडी रहेको ई प्लुटोमा २.५ किलोवाट आवरको पोर्टेबल ब्याट्री प्याक दिइएको छ जसले फुल चार्जमा ९० देखि १ सय २० किलोमिटर दौडन सक्ने क्षमता राख्छ ।

तीन स्पिड मोड दिइएको स्कुटर ६० किलोमिटर प्रतिघन्टाको गतिमा दौडन सक्छ । स्कुटरमा एलईडी ड्यासबोर्ड दिइएको छ भने ३० एनएमको टर्क उत्पादन गर्न सक्छ ।

स्कुटरमा प्रयोग भएको ब्याट्रीमा ३ वर्ष वा ४० हजार किलोमिटरको वारेन्टी कम्पनीले नै दिएको छ भने थर्ड ह्विलले आफ्ना ग्राहकका हकमा एक बर्ष इमर्जेन्सी मेन्टिनेन्सको सुविधा थप गरेको बताएको छ ।

नियो इट्रान्समा भने क्रोम फिनिसबाहेक सबै विशेषता छन् । स्कुटरको मूल्य २ लाख ३४ हजार रूपैयाँ तोकिएको छ ।

थर्ड ह्विलले बेच्न लागेका यी स्कुटरहरु माछापुच्छ्रे बैंक, नबिल बैंक र एनआईसी एसिया बैंकबाट शून्य प्रतिशत ब्याजदरमा किन्न सकिन्छ । स्कुटर किन्दा १० हजार रूपैयाँ बराबरको एसेसरिज निःशुल्क तथा १५ हजार क्यासब्याक पनि दिइने बताइएको छ । कम्पनीले स्कुटरमा एक वर्षको निःशुल्क सर्भिसिङको सुविधा दिएको छ ।

प्योर ईभीको नेपालका लागि आधिकारिक वितरकको रुपमा ह्वाइट लोटस प्रालिले कार्य गरिरहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...