नयाँ टिगोर इभी : पुरानोको तुलनामा यसकारण छ विशेष

टाटा मोटर्सले टिगोर इभीमा फिचर थप गरेर नयाँ भेरियन्ट लन्च गरेको छ । यो कम्प्याक्ट सेडानले पुरानो मोडलको तुलनामा ९ किलोमिटर अतिरिक्त रेन्ज प्रदान गर्ने वताइएको छ ।

जसका लागी यसमा मल्टिमोड रिजेनेरेशन फङ्सन थप गरिएको छ । जुन हाल उपलब्ध नेक्सन प्राइम र नेक्सन म्याक्समा समेत उपलब्ध छ । उक्त फङ्सन थप गरिएका कारण नयाँ टिगोरले ३१५ किलोमिटर रेन्ज प्रदान गर्ने दावी गरिएको हो ।

लुक्स र डिजाइनमा कुनै परिवर्तन नगरिएको यो कारको क्याविनभित्र भने समान्य परिमार्जन गरिएको छ । यसको टप स्पेक भेरियन्टमा डुअल टोन ड्यासवोर्ड दिइएको छ । साथै ७ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम र डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर दिइएको छ ।

यो नयाँ कारमा क्रूज कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम, कनेक्टेड कार टेक्नोलोजी र टायर पंचर रिपेयर किट लगायत फिचर थप गरिएको छ । सुरक्षाका लागी अगाडी दुईवटा एयरव्याग दिइएको छ । यसको पावरट्रेनमा कुनै परिमार्जन गरिएको छैन ।

फिचर्स अपडेटसंगै कम्पनीले दुई नयाँ भेरियन्ट समेत थप गरेको छ । जसमध्ये यसअघिको एक्सएम भेरियन्टलाई विस्थापित गरि ल्याइएको एक्सटी भेरियन्टलाई १२ लाख ९९ हजार र एक्सजेड प्लस लक्जरी भेरियन्टको मूल्य १३ लाख ७५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

यो कार अवको केही समयपछि नेपाली बजारमा समेत उपलब्ध हुने आधिकारिक विक्रेता सिप्रद्धी ट्रेडिङ स्रोतले बताएको छ ।

सम्बन्धित समाचारहरू

हरेक वर्ष विद्युतीय गाडीको कर हेरफेर, यो आर्थिक वर्षको बजेटले स्थिर नीति देला ?

हरेक वर्ष विद्युतीय गाडीको कर हेरफेर, यो आर्थिक वर्षको बजेटले स्थिर नीति देला ?

सरकारले हरेक पटक विद्युतीय सवारीको कर हेरफेर गरिरहेको छ। प्रत्येक वर्ष...

जनकपुरमा खुल्यो लेभ्निङ इलेक्ट्रिकको शोरुम, जनकपुरलाई इलेक्ट्रिक भेइकल सहर घोषणा

जनकपुरमा खुल्यो लेभ्निङ इलेक्ट्रिकको शोरुम, जनकपुरलाई इलेक्ट्रिक भेइकल सहर घोषणा

जनकपुर – जनकपुरको विश्वकर्मा चोकमा एक कार्यक्रमका बीच पत्रकार सम्मेलन...

रिडारा आरडी६ पिकअपद्वारा नेपालमा एक्सचेन्ज योजना सार्वजनिक

रिडारा आरडी६ पिकअपद्वारा नेपालमा एक्सचेन्ज योजना सार्वजनिक

काठमाडाैं – नेपालमा रिडाराकाे आधिकारिक वितरक सीजी मोटर्सले गीली अटो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...