नेपालका यी उद्योगपति र प्रतिष्ठित ब्यक्तिले खरिद गरे जिप -यांगलर

अमेरिकन आइकनिक ब्रान्ड जिप -यांगलरलाई डेढ महिना अघि अमेरिकी राजदुत -यान्डी बेरीले एक बिशेष कार्यक्रमका बीच औपचारिक लन्च गरे । लन्च गरिए लगत्तै यो प्रिमियम एसयूभीलाई नेपालमा ठूला उद्योगपति, ब्यावसायी र अन्य हाई प्रोफाइल भएका ब्यक्तिले धमाधम खरिद गरिरहेका छन् ।

हालसम्म डेढ दर्जन युनिट बिक्री भैसकेको -यांगलर एक महंगो र प्रिमियम एसयूभीका रुपमा परिचित छ । यो प्रिमिय एसयूभी अहिले नेपालका हाई प्रोफाइल ब्यक्तिमाझ ‘स्टाटस सिम्बोल’ बनेर उदाएको छ ।

तीन भिन्न भेरिएन्टमा उपलब्ध यो एसयूभीको मूल्य नेपाली बजारमा २ करोड ७९ लाखसम्म कायम गरिएको छ । जसमध्ये अनलिमिटेड सहाराको मूल्य २ करोड ६७ लाख, -यांगलर रुबिकनको २ करोड ६८ लाख र -यांगलर अनलिमिटेड रुबिकनको मूल्य २ करोड ७९ लाख रुपैयाँ निर्धारण गरिएको हो ।

-यागंललाई प्रतिष्ठित व्यवसायी सिद्धार्थ राणादेखि क्याप्टेन रामेश्वर थापा, देबी प्रकाश भट्टचन, अशोक लोहिया, अतुल न्यौपाने, नवराज घिमिरे, राजिव बिक्रम शाह र डा. हरिशचन्द्र न्यौपाने लगायत प्रतिष्ठित ब्यक्तिले खरिद गरेका हुन् । जसमध्ये राणा टाटा गाडीको आधिकारिक बितरक सिप्रदी ट्रेडिङ लगायत अन्य थुप्रै कम्पनीका मालिक हुन् ।

क्याप्टेन रामेश्वर थापा अन्नपूर्ण मिडिया नेटवर्क र सिम्रिक एयरका मालिक हुन् भने देबी प्रकाश भट्टचन प्रभु समूहका अध्यक्ष हुन् । यो समुहले प्रभु बैंक सहित अन्य थुप्रै बैंक तथा वित्तीय संस्था, सेवामुलक क्षेत्र र हाइड्रो पावरमा समेत लगानी गरेको छ ।

त्यसैगरी यो एसयूभी खरिद गर्ने अर्का व्यवसायी अशोक लोहिया महाशक्ति सोपका मालिक हुन् भने अतुल न्यौपाने जदम्बा सिमेन्ट लगायत अन्य थुप्रै निर्माण सामग्री उत्पादन गर्ने शौरभ ग्रुपमा आबद्ध छन् । अन्नपूर्ण ट्राभल्सका मालिक नबराज घिमिरे र चितवन मेडिकल कलेजका सञ्चालक डा. हरिशचन्द्र न्यौपाने पनि जिप -यागंलरका मालिक बनेका छन् । अर्का चर्चित राजनितिज्ञ अर्थात समाजसेवी राजिव बिक्रम शाहले समेत यो एसयूभीलाई आफ्नो निजी साधन बनाएका छन् । यी बाहेक अन्य थुप्रै ठूला उद्यमी, व्यवसायी र चर्चित ब्यक्तिहरुको रोजाइमा जिप -यागंलर पर्दै आइरहेको छ ।

यस्तो छ हाई प्रोफाइलको रोजाइमा पर्न सफल जिप -यागंलर
अफरोडर सेग्मेन्टमा सर्बाधिक शक्तिशाली मानिएको जिप -यांगलरमा ८–स्पिड अटोमेटिक सहित २.० लिटर टर्बो पेट्रोल इन्जिन जडान गरिएको छ । उक्त इन्जिनले २०१ किलोवाट पावर र ४०० एनएम टर्क उत्पन्न गर्छ ।

-यांग्लरको रुबिकन ट्रिममा रकट्रयाक ४ बाई ४ सिस्टम रहेको छ, जसका कारण -यांगलरलाई कठिन भूबनोटमा समेत सहजै कुदाउन सकिन्छ । २१७ एमएमको उच्चतम ग्राउन्ड क्लियरेन्सका कारण पनि यो नेपाली बाटो सुहाउँदो रहेको प्रमाणित हुन्छ ।

त्यसैगरी -यांग्लरमा एक्टिभ र प्यासिभ गरी कुल ७५ प्रकारका सेफ्टी फिचर छन् । त्यसमध्ये केही पार्क असिस्ट सिस्टम, रियर ब्याक अप क्यामेरा, इएससी, टीएससी (ट्रेलर स्वे कन्ट्रोल), एचएसए (हिल स्टार्ट असिस्ट), एचडीसी (हिल डिसेन्ट कन्ट्रोल), ईआरएम (इलेक्ट्रोनिक रोल मिटिगेसन) र टीपीएमएस (टायर प्रेसर मनिटरिङ सिस्टम) हुन् ।

-यांगलरमा ७ स्लट फ्रन्ट ग्रिल, ह्विल आर्च, हेडल्याम्प, स्क्वायर टेललाइट, फोर फ्रेम रिमुभेबल डोर र रुफ तथा फल डाउन विन्डस्क्रिन उपलब्ध छ । यी सबैले जिप -यांगलरलाई आइकनिक बनाएको छ भने यसमा भएको फोर बाई फोर क्षमताले जिपलाई ‘अ लिजेन्ड फरएभर’ साबित गराएको छ । -यांगलर सिधै अमेरिकाबाट आयात गरी नेपाल ल्याइएको हो ।

सम्बन्धित समाचारहरू

गिनिज रेकर्ड होल्डर ब्लुकोर इन्जिनका साथ चांगन हन्टर र एल्सभिन

गिनिज रेकर्ड होल्डर ब्लुकोर इन्जिनका साथ चांगन हन्टर र एल्सभिन

चांगन अटोको एल्सभिन सेडान र हन्टर पिकअपमा प्रयोग गरिएको ब्लुकोर इन्जिन...

अन्ततः नेपाल भित्रिदै स्कोडा स्लाभिया : नेपाली सेडान बजारमा बलियो प्रतिस्पर्धी बन्ने

अन्ततः नेपाल भित्रिदै स्कोडा स्लाभिया : नेपाली सेडान बजारमा बलियो प्रतिस्पर्धी बन्ने

काठमाडौं – लामो समयको प्रतीक्षा पश्चात नेपाली बजारमा स्कोडाको नयाँ सेडान...

स्कोडाको नयाँ सेडान स्लाभिया सार्वजनिक, दुई इन्जिन अप्सनमा उपलब्ध हुने

स्कोडाको नयाँ सेडान स्लाभिया सार्वजनिक, दुई इन्जिन अप्सनमा उपलब्ध हुने

स्कोडा स्लाभिया सेडान भारतमा वर्ल्ड प्रिमियर गरिएको छ । हाल बजारमा उपलब्ध...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...