फर्मुला १ कार जस्तै रेड बुलको पहिलो रोड कार आरबी१७ सार्वजनिक

अष्ट्रेलियामा अवस्थित इनर्जी ड्रिङक कम्पनी रेड बुलले आफ्नो पहिलो रोड कार आरबी१७ विश्वव्यापी रूपमा ल्याएको छ । कम्पनीले यसलाई गुडवुड फेस्टिभल अफ स्पिड २०२४ मा प्रस्तुत गरेको हो । यो एक प्रकारको हाइपरकार हो ।

रेड बुल आरबी१७ कार ५० युनिट मात्र प्रोडक्शन गरिएको छ । सो हाइपरकारका हरेक मोडलमा एफ१ भलको परफर्मेन्स उपलब्ध छ, जसका कारण गाडी चलाउने व्यक्तिले धेरै संवेदनशील ह्यान्डलिङको अनुभव पाउनेछ ।

रेड बुलको सो हाइपरकारमा दुई सिट उपलब्ध छ । यसमा उच्च स्तरको कार्बन फाइबर मोनोकक च्यासिसको साथ डिजाइन गरिएको छ । यसको अगाडि र पछाडि भारी एयरो प्रयोग गरिएको छ । यसको चार कुनामा पुश रड सस्पेन्सन दिइएको छ र यसको सेटअप अन्य हाई परफर्मेन्स फर्मुला १ कार जस्तै काम गर्छ । यसमा १८ देखि २० इन्च बिचको कार्बन फाइबर टायर समावेश गरिएको छ ।

सो कारमा शक्तिशाली ४.५ लिटर नेचुरली एस्पिरेटेड भी१० इन्जिन जडान गरिएको छ, जसले ११८४ बीएचपी भन्दा बढी पावर जेनेरेट गर्छ । यसको टप स्पिड ३५० किलोमिटर प्रतिघण्टा रहेको र यसको कुल वजन ९०० किलोग्राम रहेको कम्पनीले दाबी गरेको छ ।

रेड बुल आरबी१७ हाइपरकारको डिजाइन एड्रियन न्यूएले गरेका हुन् । यसको मूल्य ६.२ मिलियन डलर राखिएको छ ।  

सम्बन्धित समाचारहरू

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...