चेरीको इलेक्ट्रिक कारमा सीएटीएलको सोडीयम–आयोन व्याट्री हुने
चीनीयाँ अटो निर्माता चेरीले आफ्नो इलेक्ट्रिक कारमा सीएटीएलको...
११ भाद्रबाट सुरु हुने नाडा अटो सोमा विभिन्न ब्रान्डहरुले नयाँ नयाँ मोडलहरु सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । यसबीच नेपालका लागि चांगान तथा दिपलको आधिकारिक विक्रेता एमएडब्लु अटोकर्पले दिपल एल०७ को सफलतापछि अर्को फ्यागशिप ईभी एल०७ ल्याउने घोषणा गरिसकेको छ ।
तीव्र गतिमा अघि बढिरहेको ईभी बजारमा दिपल एल०७ ले अन्तर्राष्ट्रिय ईभी बजारमा टेस्लाको मोडल ३ लाई कडा प्रतिस्पर्धा दिइरहेको छ । चांगान अटोमोबाइल र हुवावेबीचको सहकार्यमा विकसित गरिएको एल०७ ले अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनको संयोजन गरेर विश्व ईभी बजारमा आफूलाई टेस्लाको बलियो विकल्पका रुपमा स्थापित गरेको छ ।
फ्युचरिस्टिक प्रविधि
एल०७ उच्च प्रविधिले भरिएको छ । यसममा जेस्चर कन्ट्रोलका माध्यमबाट हातको हाउभाउ प्रयोग गरेर संगीत र फोन कल उठाउने जस्ता काम गर्न सकिन्छ । साथै यसको विन्डशिल्डमा देखिने अगमेन्टेड रियालिटी हेडअप डिस्प्लेले चालकको दृष्टि रेखामा रियल टाइम नेभिगेसन र ड्राइभिङ इन्फर्मेसन प्रदान गर्छ । यसले ड्राइभिङ अनुभवलाई मात्र होइन सुरक्षा स्तरलाई पनि माथि उठाउँछ । यसरी हेर्दा टेस्ला मोडल ३ मा परम्परागत तर उन्नत प्रविधि सेटअप प्रदान गरिएको छ । जसमा ओभर द एयर सफ्टवेयर अपडेट र राम्रो इन्फोटेन्मेन्ट प्रणाली सामेल छ ।
एल०७ टेक्नोलोजिकल पावर हाउस हो जसमा १५.६ इन्चको सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल र अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले छ जसले सुरक्षा र आराम दुवै दिलाउँछ । अर्कोतिर टेस्ला मोडल ३ मा चर्चित सफ्टवेयर इकोसिस्टम छ जस्तो कि ओभर द टप एयर अपडेट र टेस्ला अटो पाइलट सिस्टम जसले एड्भान्स्ड ड्राइभर असिस्टेन्स दिन्छ । यसको नयाँ भर्सनमा पनि रियर टचस्क्रिन दिइएको छ । तर यसमा दिपलमा जस्तो जेस्चर कन्ट्रोल भने छैन जसले फ्युचरिस्टिक ड्राइभिङ एक्सपेरियन्स दिन्छ ।
लक्जरी र कम्फर्ट
दिपल एल०७ मा प्रिमियम इन्टेरियर, फ्रेमलेस डोर, प्यानोरामाकि ग्लास रुफ र पावर एड्जस्टमेन्टसहितको पर्फोरेटेड सिट छ । क्याबिनमा डुअल जोन क्लाइमेट कन्ट्रोल र १४ वटा सोनी स्पिकर छन् जसले गज्जबको अडियो अनुभव दिलाउँछ । टेस्ला मोडल ३ को डिजाइन मिनिमलिस्टिक र हाई क्वालिटी मेटरियल प्रयोग गरिएको छ । यसको डिजाइन स्लिक छ । २०२४ भर्सनको टेस्ला मोडल ३ मा १७ वटा स्पिकर छन् र एकोस्टिक इन्सुलेसन छ । तथापि एल०७ मा पछाडिका प्यासेन्जरका लागि दिइएको टचस्क्रिन जस्ता लक्जरी फिचरहरु छन् जसका माध्यमबाट सनरुफ खोल्ने र बन्द गर्ने, अगाडिको सिटलाई अगाडि पछाडि सार्ने तथा तापक्रम मेन्टेन गर्न सकिन्छ ।
पर्फमेन्सको कुरा गर्ने हो भने टेस्ला मोडल ३ तुलनात्मक रुपमा राम्रो छ । यसको लङ रेन्जले ४.२ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघन्टाको रफ्तार लिन सक्छ । जबकि एल०७ मा त्यस्तो छैन । किनभने यसमा मोटर पावर ९९ किलोवाटको प्रयोग गरिएको छ । तथापि यसले आकर्षक ५४० किलोमिटरको रेन्ज दिनसक्छ । यसको चार्जिङ क्यापाबिलिटी पनि राम्रो छ । साथै यसमा ७० लिटरको फ्रंक प्रयोग गरिएको छ । यसर्थ एल०७ लक्जरी, टेक्नोलोजी र प्राक्टिक्यालिटीको सन्तुलित सम्मीश्रण हो ।
टेस्ला मोडल ३ ले आफ्नो सुपेरियर पर्फमेन्स र प्रमाणित इकोसिस्टमका माध्यमबाट ईभीहरुको मापदण्डका रुपमा आफूलाई स्थापित गरेको छ । उता दिपल एल०७ लक्जरी र टेक्नोलोजिकल अनुभवमा बलियो विकल्पका रुपमा उदाएको छ । तसर्थ डिजाइन र टेक्नोलोजीलाई ध्यान दिनेका लागि एल०७ कम मूल्यको दमदार विकल्प हुनसक्छ ।
चीनीयाँ अटो निर्माता चेरीले आफ्नो इलेक्ट्रिक कारमा सीएटीएलको...
हालै प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रीहरुको सम्पत्ति विवरण...
जाउँ गुरु प्रालिले ‘जाउँ गुरु’ राइड सेयरिङ एप सार्वजनिक गरेको छ । आईतवार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...