बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
अमेरिकामा गरिएको एक अध्ययन अनुसार टेस्लालाई सबैभन्दा बढी घातक दुर्घटना हुने ब्रान्डका रुपमा चित्रित गरिएको छ । युएस फ्याटालिटी एनालिसिस रिपोर्टिङ सिस्टम (फार्स) को तथ्यांकमा आधारित हालैको अध्ययन अनुसार टेस्लाका सवारीसाधनहरू सबैभन्दा बढी घातक दुर्घटनामा परेका छन् ।
२०१८ र २०२२ बीचको कार मोडेलमा गरिएको अध्ययन अनुसार टेस्लाका सवारी साधनहरू ५.६ प्रति बिलियन माइल ड्राइभको घातक दुर्घटना दरको साथ सूचीमा शीर्ष स्थानमा परेको हो । किया र वुइक क्रमशः ५.५ र ४.८ को घातक दुर्घटना दर संगै दोस्रो र तेस्रो भए । अमेरिकामा सबै कारहरूको लागि औसत घातक दुर्घटना दर २.८ प्रति बिलियन माइल तोकिएको छ ।
टेस्ला मोडल एसको घातक दुर्घटना दर प्रति बिलियन माइल ५.८ रहँदा हाल विश्वमा सबैभन्दा बढी बिक्री हुने मोडल वाईको यस्तो दर १०.६ छ । मोडल वाईलाई समग्रमा छैटौं सबैभन्दा खराब गाडीको रूपमा पनि स्थान दिइएको छ । हुण्डाई भेन्यू १३.९ को घातक दुर्घटना दरसहित शीर्ष स्थानमा रहेको छ ।
घातक दुर्घटना दरमा अघि रहेपनि टेस्लाका कारमा समस्या भने नरहेको उक्त अध्ययनले प्रष्ट पारेको छ । उक्त सूचीमा रहेका मोडेलहरूले चालकको व्यवहार र ड्राइभिङ अवस्थाहरूको संयोजनलाई प्रतिबिम्बित गर्ने उल्लेख गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...