बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालको पहलमा बुटवलमा आज प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ६९ औं विश्व भन्सार दिवसको अवसरमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको प्रमुख आतिथ्यतामा सो प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । नाडाको संस्थागत सदस्य लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालको अनुरोधमा सो कार्यक्रम सम्पन्न भएको नाडाले जनाएको छ ।
अटोमोवाइल व्यवसायीहरुले आफनो व्यवसाय सञ्चालन गर्ने क्रममा कर र भन्सार सम्बन्धी यावत समस्याहरु भोग्दै आईरहेको सन्दर्भमा व्यवसायीहरुले यससम्बन्धी विद्यमान प्रणालीहरु बारे यथार्थ जानकारी राख्नु अति आवश्यक भएको देखिएकोले उक्त प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले अटोमोवाइल व्यवसायीहरुले कर र भन्सारसम्बन्धी यावत समस्याहरु भोग्दै आईरहेको सन्दर्भमा व्यवसायीहरुलाई यसबारे आवश्यक जानकारी दिन यस्तो कार्यक्रम आयोजना गरिएको जानकारी दिए । यस्ता कार्यक्रमले व्यवसायीलाई आवश्यक सूचना तथा जानकारीहरु प्राप्त हुने र व्यवसायीहरुलाई आफनो व्यवसाय विस्तार गर्न थप सहज समेत हुने भएकोले विगत केही बर्ष अघिदेखि विभिन्न प्रदेशहरुमा समेत नाडाले यस्तो कार्यक्रमहरु सम्पन्न गर्दै आइरहेको छ । बाँकी प्रदेशमा पनि सम्पन्न गर्दै जाने अध्यक्ष दुलालले बताए ।
कार्यक्रमका सभापति तथा लुम्बिनी अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष गणेश भट्टराईले नाडाले आफ्ना कार्यक्रमलाई केन्द्रमामात्रै सीमित नराखी प्रदेशस्तरमा पनि सञ्चालन गरेकोमा धन्यवाद ज्ञापन गरे । ‘प्रदेशस्तरमा समेत प्रशिक्षण कार्यक्रम गर्दा अटोमोबाइल्स व्यवसायीहरुको क्षमता अभिबृद्धिमा र कर सम्बन्धी जिज्ञासा समाधानमा सहयोग पुगेको छ,’ उनले भने । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन उनले आग्रह गरे ।
भैरहवा भन्सार कार्यालयका प्रमुख मणिराम पौडेल, आन्तरिक राजश्व कार्यालयका प्रमुख धु्रुव पाण्डे, राजश्व अनुसन्धान कार्यालयका प्रमुख राजनकुमार विसी तथा मुख्य प्रशिक्षक साहिल अग्रवालबाट प्रशिक्षण दिइएको थियोे ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...