बिक्री देखाउने होडबाजीमा अटोमोबाइल कम्पनी

नेपालमा टीभीएस मोटर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले कात्तिक ५ गते एकै दिन एक हजार बाइक तथा स्कुटर बिक्री गरेर रेकर्ड कायम गरेको जानकारी गरायो ।

देशभर रहेका १३२ शोरुममार्फत यति धेरै बाइक तथा स्कुटर बिक्री गरिएको जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले बताए ।

यो भन्दा पहिले गत कात्तिक ३ गते सोमबार एकै दिन ८२५ युनिट बिक्री गरिएको थियो । एकै दिन १ हजार बाइक तथा स्कुटर बिक्री गरेर नेपाली बजारमा टीभीएसले एक इतिहास कायम गरेको कम्पनीले दाबी ग¥यो ।

त्यसैगरी नेपालका लागि टाटा मोटर्सको अधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले देशैभरिका ग्राहकहरुलाई एकैदिन १११ वटा प्यासेन्जर भेइकल हस्तान्तरण गरेको समाचार प्रकाशन भयो । विश्वव्यापी महामारीको प्रतिकूल परिस्थितिमा पनि एकैदिन १११ वटा गाडीहरु हस्तान्तरण गरिनुलाई सिप्रदीले महत्वपुर्ण उपलब्धिको रुपमा लिएको बताएको छ ।

टीभीएस र टाटाले औपचारिक रुपमै आफ्नो बिक्री बढेको जानकारी दिएपनि अन्य कम्पनीहरुले समेत अहिले निकै राम्रो परिमाणमा सवारीसाधन बिक्री गरिरहेका छन् । बिभिन्न कम्पनीको फेसबुक पेजमा गाडी तथा मोटरसाइकल डेलीभरी सहितको फोटो देख्दा यो तथ्य सही हो भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।

नेपाली बजारमा सबैभन्दा बढी बिक्री हुने प्यासेन्जर कारको पहिचान बनाउन सफल मारुती सुजुकीले दशैं तिहार नजिकिएसँगै उल्लेख्य मात्रामा सवारी साधन बिक्री गरिरहेको बताइएको छ । सुजुकी स्विफ्ट, बलेनो र ब्रेजाको माग अत्याधिक भएको र माग अनुसार आपूर्ति गर्न नसक्दा यी गाडीको केही मोडल अहिले बजारमा अभाब समेत देखिएको छ ।

उता अर्को सर्बाधिक बिक्री हुने प्यासेन्जर कार हुन्डाईलाई समेत अहिले गाडी डेलिभरी गर्न भ्याई नभ्याईको अबस्था छ । हुन्डाईको केही दिन अघिमात्र सार्बजनिक भएको नयाँ क्रेटामा ग्राहकले अत्याधिक रुचि देखाएका छन् । यो गाडी समेत अहिले माग अनुसार आपूर्ति हुन सकिरहेको छैन । त्यसैगरी हुन्डाई भेन्युको बिक्री समेत उल्लेख्य मात्रामा भइरहेको कम्पनी स्रोतले बताएको छ ।

लकडाउनका कारण ६ महिनासम्म बन्दाबन्दिको अबस्थामा रहेको अटोबजारमा दशैं तिहारले माहोल बनाएपछि अहिले प्रायः सबै ब्रान्डका सवारीसाधनको बिक्री उल्लेख्य मात्रामा भइरहेको जानकारहरु बताउँछन् ।

मोटरसाइकलमा होन्डा, बजाज, यामाहा, टीभीएस, हिरो र रोयल इन्फिल्डको कारोबार उच्च रहेको देखिन्छ । यी ब्रान्डका शोरुममा नजर लगाउँदा ग्राहकको भिंडभांडले यो कुरालाई थप पुष्टि गर्छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...