टाटा नेक्सन, हुन्डाई भेन्यु र रेनो काइगर : यस्ता छन् तीन प्रतिस्पर्धी एसयूभीका विशेषता

नेपाली बजारमा एसयूभी सेगमेन्ट अन्तर्गत विभिन्न कम्पनी बीच प्रतिस्पर्धा बढ्दो छ । पछिल्लो समयमा एसयूभी सेगमेन्टका गाडी रुचाउनेहरु बढ्दै गएका छन् । नेपाली बजारमा यो सेगमेन्ट अन्तर्गत टाटा नेक्सन, हुन्डाई भेन्यु र रेनो काइगर एक अर्काका प्रतिस्पर्धी मानिन्छन् ।

नेपाली बजारमा टाटा नेक्सनको बिक्री सन् २०२१ को जुलाईदेखि मात्रै सुरू भएको हो । नेपाली बजारमा टाटा नेक्सनको प्रतिस्पर्धीको रुपमा हुन्डाईको भेन्यु र रेनोको काइगरलाई लिन सकिन्छ । यी तीनै गाडीमा बीएस६ कम्प्लायन्टको इन्जिन जडित छ ।

टाटा नेक्सनले ग्लोबल एनक्यापमा ५ स्टार सुरक्षा रेटिङ पाएको छ । भेन्यु र काइगरले सुरक्षा रेटिङमा ४ स्टार रेटिङ पाएका छन् । टाटा नेक्सन सुरक्षाको हिसाबमा सबैभन्दा अघि छ ।

टाटा नेक्सनको तौल १,२३७ केजी छ । हुन्डाई भेन्युको तौल भने १,११२ देखि १,२५१ केजी हुन्छ । रेनो काइगर यी दुईभन्दा कम तौलको छ । यो जम्मा १,०१२ केजी छ ।

टाटा नेक्सनको लम्बाई ३,९९३ एमएम, चौडाई १,८११ र उचाई १,६०६ एमएम छ । योभन्दा भेन्युको लम्बाई बढी छ। यसको लम्बाई ३,९९५ एमएम, चौडाई १,७७० एमएम र उचाई १,६०५ एमएम छ । यस्तै, काइगरको लम्बाई भने ३,९९१ एमएम, चौडाई १,७५० एमएम र उचाई १,६०० एमएम छ ।

टाटा नेक्सनको ह्विलबेस २,४९८ एमएम छ भने भेन्यु र काइगरको ह्विलबेस २,५०० एमएम छ । भेन्युको ग्राउन्ड क्लियरेन्स जम्मा १९० एमएम र काइगरको ग्राउन्ड क्लियरेन्स २०५ एमएम छ । यता नेक्सनको ग्राउन्ड क्लियरेन्स भने यी दुईभन्दा धेरै छ । त्यो भनेको यसमा २०९ एमएम ग्राउन्ड क्लियरेन्स छ ।

बाहिरी आवरण
५ सिटर नेक्सन, भेन्यु र काइगर तीनवटै एसयुभीको बाहिरी डिजाइन लोभलाग्दो छ । कम्पनीले आफ्नो उत्पादनको आवरणमा विशेष ध्यान पु¥याएको बुझ्न सकिन्छ ।
नेक्सनको कुरा गर्दा यसको लुक्स निकै बोल्ड छ भने पछाडिको भाग अलि स्लिम छ । नेक्सनको तुलनामा भेन्युको आवरण भिन्न छ। यसमा ठूलो रेडियटर ग्रिल छ र हेडल्याम्पको लागि स्प्लिट थिम छ । नेक्सन र भेन्युमा अगाडि भागमा फगलाइट छ । तुलनात्मक रुपमा काइगरमा भने फगलाइट छैन । त्यस्तै, भेन्यु र नेक्सनमा सनरुफ छ तर काइगरमा छैन। भेन्युको तुलनामा टाटामा डुअल–फंसन डे–टाइम रनिङ एलइडी लाइट छ ।

तीनैवटा गाडीमा एड्जस्टेबल हेडल्याम्प र रियरभ्यु मिरर भने पाउन सकिन्छ। यी गाडीहरूमा अलोय ह्विलको प्रयोग गरिएको छ।

आन्तरिक विशेषता
टाटा नेक्सन, हुन्डाई भेन्यु र रेनो काइगर तीनवटै गाडीको इन्टेरियर आधुनिक डिजाइनमा तयार पारिएको छ । गाडीहरूमा सफा र फराकिलो ड्यासबोर्ड पाउन सकिन्छ । तर तुलनात्मक हिसाबमा नेक्सनको क्याबिन फराकिलो र बढी विशेषताले भरिपूर्ण देखिन्छ। यसमा पुरै डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, फराकिलो सेन्ट्रल कन्सोल र थप स्टोरेजको लागि ठाउँ पनि छ। यो डुअल–टोन थिममा आधार भएकोले पनि अझ आकर्षक देखिन्छ । नेक्सनमा जस्तै काइगरमा पनि डुअल–टोन ड्यासबोर्ड भने पाउन सकिन्छ ।

भेन्यु र काइगरको तुलनामा नेक्सनमा चालक र यात्रुलाई बस्नको लागि फराकिलो ठाउँ छ। त्यस्तै, यात्रु सुविधाको लागि नेक्सनमा अटोमेटिक क्लाइमेट कन्ट्रोलको सुविधा छ। जुन काइगर र भेन्युमा छैन ।

सुरक्षा
सुरक्षाको हिसाबमा टाटा नेक्सनले वयस्क सुरक्षाको लागि ग्लोबल एनक्याप टेस्टमा ५ स्टार र बालबालिकाको सुरक्षाको हकमा ३ स्टार रेटिङ पाएको छ । भेन्यु र काइगरले ग्लोबल एनक्यापममा जम्मा ४ स्टार रेटिङ पाएको छ ।

काइगरमा चार वटा एयरब्याग छन्। यता नेक्सन र भेन्युमा भने जम्मा दुई वटा एयरब्याग छन् । काइगरमा पंचर रिप्येर किटहरू पाइदैन तर नेक्सनमा भने यो किट उपलब्ध गराइएको छ। त्यस्तै, नेक्सनमा हिल होल्ड कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल, ब्रेक असिस्ट र इलेक्ट्रोनिक स्टेबिलिटी जस्ता विशेषताहरू छन् जुन काइगर र भेन्युमा समावेश गरिएको छैन । नेक्सनमा इबिडीसहितको एबिएस, रिभर्स पार्किङ सेन्सर जस्ता सुरक्षा विशेषता पनि छन् । यी तीनवटै गाडीमा चाइल्ड सेफ्टी लक विशेषता पाउन सकिन्छ ।

इन्जिन र ट्रान्समिसन
एकै सेगमेन्टको भेन्यु, काइगर र नेक्सनमा सबैभन्दा बढी डिस्प्लेसमेन्ट नेक्सनको छ। नेक्सन १.२ लिटर टर्बो रिभोट्रोन पेट्रोल इन्जिन र १.२ लिटर टर्बो रिभोट्रोन डिजेल इन्जिन विकल्पमा उपलब्ध छ।

१,१९९ सिसी डिस्प्लेसमेन्ट भएको नेक्सनको पेट्रोल इन्जिन विकल्पमा ३ सिलिन्डर, २ भल्व, एसओएचसी इन्जिन जडित छ। जसले ५,५०० आरपिएममा १२० पिएस पावर र १,७५०–४,००० आरपिएममा १७० एनएम टर्क जेनेरेट गर्छ । उस्तै डिजेल विकल्पमा उपलब्ध नेक्सनमा १,४९७ सिसी डिस्प्लेसमेन्ट, ४ सिलिन्डर छ। जसले ४,०० आरपिएममा ११० पिएस पावर र १,५००–२,७५० आरपिएममा २६० एनएम टर्क जेनेरेट गर्छ।

हुन्डाई भेन्यु पनि १.२ लिटर कप्पा पेट्रोल र १.५ लिटर यू२ सिआरडिआई डिजेल विकल्पमा उपलब्ध छ। १,१९७ सिसी डिस्प्लेसमेन्ट भएको भेन्यु पेट्रोल इन्जिनमा ४ सिलिन्डर, ४ भल्व, डिओएचसी इन्जिन जडित छ । जसले ६,००० आरपिएममा ८३ पिएस पावर र ४,००० आरपिएममा ११४ एनएम टर्क जेनेरेट गर्छ ।

यसको डिजेल भर्सनमा भने १,४९३ सिसी डिस्प्लेसमेन्ट छ जसले ४,००० आरपिएममा १०० पिएस पावर र १,५००–२,७५० आरपिएममा २४० एनएम टर्क जेनेरेट गर्छ ।

रेनोको काइगरमा ९९९ सिसी, ३ सिलिन्डर, ४ भल्व, डिओएचसी इन्जिन जडित छ। यसले ६,००० आरपिएममा ८२ बिएचपी पावर र ४,००० आरपिएममा ११४ एनएम टर्क जेनेरेट गर्छ ।

पावरको हिसाबमा यी तीन एसयुभीमध्ये सबैभन्दा बढी पावर नेक्सनकै छ । यो पेट्रोल र डिजेल दुवैमा ६ गियर म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ ।

इन्धन क्षमता
नेक्सनको पेट्रोल संस्करणले प्रति लिटर १७.४ किलोमिटर र डिजेल संस्करणले २२.४ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ। भेन्युको पेट्रोल संस्करणले प्रति लिटर १७.५२ किलोमिटर र डिजेल संस्करणले २३.४ किलोमिटरको माइलेज दिन्छ । यता काइगरले भने प्रति लिटर १९.३ किलोमिटरको माइलेज दिन्छ ।

अन्य फिचर
टाटाको नेक्सनमा इको, सिटी र स्पोर्ट गरि तीन ड्राइभिङ मोड छ। जुन भेन्यु र काइगरमा पाइदैन। यसमा ३५० लिटरको बुट स्पेस छ । भेन्युमा पनि ३५० लिटरको बुट स्पेस छ । उता रेनो काइगरमा भने ४०५ लिटरको बुट स्पेस पाउन सकिन्छ ।
नेक्सनमा १६ इन्चको अलोय ह्विल छ। काइगरमा पनि १६ इन्चको ह्विल पाउन सकिन्छ । हुन्डाई भेन्युमा भने जम्मा १५ इन्चको ह्विल छ । नेक्सनमा सनग्लास होल्डर पनि दिइएको छ । जुन भेन्यु र काइगरमा छैन ।

मूल्य
नेपालमा नेक्सनको मूल्य जम्मा ४० लाख ३० हजारदेखि ५३ लाख ९० हजार रुपैयाँसम्म तोकेको छ। यो हरियो, सेतो, रातो र ग्रे गरी चार कलर विकल्पमा उपलब्ध छ ।

हुन्डाई भेन्युको नेपाली बजार मूल्य ३६ लाख ९६ हजारदेखि ५० लाख ५६ हजार रुपैयाँसम्म तोकेको छ । यो ग्रे, सिल्भर, सेतो, निलो र सुन्तले गरी पाँच कलर विकल्पमा उपलब्ध छ ।

नेपाली बजारमा २८ लाख ४९ हजारदेखि ३७ लाख ६९ हजार रुपैयाँसम्म उपलब्ध काइगर भने निलो, रातो, सिल्भर, ग्रे, सेतो र कालो गरी ६ विभिन्न कलर विकल्पमा उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

विक्की कौशल बने टाटा मोटर्सका नयाँ ब्रान्ड एम्बेसडर, ‘टेक द कर्भ’ अभियानको सुरुवात

विक्की कौशल बने टाटा मोटर्सका नयाँ ब्रान्ड एम्बेसडर, ‘टेक द कर्भ’ अभियानको सुरुवात

विक्की कौशल अब टाटा मोटर्सका नयाँ ब्रान्ड एम्बेसडर बनेका छन् । अब उनले टाटा...

थपलिया भन्छन् – क्रेटा ईभीका लागि आवश्यक सम्पूर्ण फाउन्डेसन तयार छ (भिडियो सहित)

थपलिया भन्छन् – क्रेटा ईभीका लागि आवश्यक सम्पूर्ण फाउन्डेसन तयार छ (भिडियो सहित)

नेपाली बजारमा हुन्डाई क्रेटा ईभी औपचारिक रुपमा भित्र्याउने अन्तिम तयारी...

टाटा कार किन्दा २ लाख सम्म छुट र अन्य धेरै अफर पाइने

टाटा कार किन्दा २ लाख सम्म छुट र अन्य धेरै अफर पाइने

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...