डिभाइडरमा ठोकियो टाटा ह्यारियर, तर पनि सबै यात्रु सकुशल

टाटा ह्यारियर एक फ्लाईओभरको डिभाइडरसँग ठोकिएर दुर्घटनाग्रस्त भएको छ । सो दुर्घटना भारतको राजधानी दिल्लीमा भएको हो । तर पनि दुर्घटनामा सबै यात्रु सकुशल रहे ।

उक्त दुर्घटनामा ५ सीटर एसयूभीको फ्रन्ट बम्परमा हानी पुगेको छ । सो दुर्घटनाले प्रिमियम एसयूभीको मजबुत निर्माण र यसको विशेषता प्रदर्शित गरेको छ । ह्यारियर ब्रान्ड कम्पनीको प्रमुख एसयूभी हो र पोर्टफोलियामा सबैभन्दा माथि रहेको छ ।

नेपाली बजारमा टाटा ह्यारियरलाई टाटा एच फाइभ भनिन्छ । टाटा ह्यारियर कार टाटा मोटर्सको ओमेगा आर्टिटेक्चरमा विकसित गरिएको हो । सो प्लेटफर्ममा विकसित गरेको ह्यारियर पहिलो मोडल हो । सो प्लेटफर्म ल्यान्डरोभरको डी८ आर्टिटेक्चरबाट लिइएको हो ।

कम्पनीले टाटा ह्यारियर जनवरी २०१९ मा लन्च गरेको थियो । यसको स्टाइल इम्प्याक्ट डिजाइन २.० बाट प्रेरित रहेको छ । मजबुत निर्माण गुणत्ता हुनुका साथै ह्यारियरको शानदार इन्टेरियरको तारिफ हुने गरेको छ । सो कारको बीचमा फ्लोटिङ इन्फोटेनमेन्ट सिस्टम पनि रहेको छ । ह्यारियरलाई यो वर्षको शुरुवातमा बीएस६ अपग्रेडको साथमा अपडेट गरिएको हो । सो कारको बिक्रीको आँकडा पनि उच्च रहेको छ ।

टाटा मोटर्सले यो वर्षको शुरुवातमा ह्यारियरको साथ साथै टियागो, टिगोर, नेक्सनको फेसलिफ्ट भर्सन पनि सार्वजनिक गरेको थियो । जबकि अल न्यू अल्ट्रोज र नेक्सन ईभी पनि यहि वर्ष लन्च भएको थियो । कम्पनीले चाँडै नै टाटा ह्यारियरमा आधारित नयाँ ७ सीटर एसयूभी टाटा ग्राभिटास पनि लन्च गर्दैछ । जबकि माइक्रो एसयूभी टाटा एचबीएक्स पनि पाइपलाइनमा रहेको छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...