बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
सिप्रदी अटो पार्टस्ले देशब्यापी रुपमा सञ्चालन गर्दै आइरहेको टाटा गुरु अभियानले अहिले नेपालको अटो बजारमा चर्चा बटुलिरहेको छ । यो अभियानबाट १ हजार बढी मेकानिक प्रत्यक्ष लाभन्बित बनेका छन् भने टाटा गाडीका ग्राहकले समेत उत्तिकै मात्रामा लाभ उठाइरहेका छन् ।
जेन्युइन पार्टसको बजार प्रबद्र्धनमा केन्द्रित भई सञ्चालन गरिएको यो अभियानले मेकानिकको सिप र क्षमता अभिबृदी गर्न मद्धत गरेको त छनै साथसाथै ग्राहकलाई गुणस्तरियर स्पेयर पार्टस् र मर्मतसम्भार सम्बन्धि सेवा प्राप्त गर्न समेत सहज भएको छ । यो अभियानले जेन्युइन पार्टसको खपत बढाएका कारण कम्पनीको कारोबार समेत बृद्धि भएको छ । साथसाथै टाटा गाडीको बिक्रीमा समेत यसले सकरात्मक प्रभाव पारेको कम्पनीका महाप्रबन्धक युवराज बुढाथोकी बताउँछन । उनका अनुसार जेन्युइन पार्टसको नाममा ग्राहक नठगिउन भन्ने उद्देश्य अनुरुप सञ्चालन गरिएको यो अभियानले लोकल वर्कशपको स्तरोन्नती र त्यस्ता वर्कशप सञ्चालक तथा मेकानिकलाई दक्ष बनाउन समेत उत्तिकै सहयोगी बनेको छ ।
गुरुलाई फाइदा के ?
यो अभियानमा संलग्न मेकानिकले कम्पनीबाट टाटा गुरुको प्रमाणपत्र पाइसकेपछि भारतस्थित टाटा मोटर्सले परिचय नम्वर उपलव्ध गराउँछ । उक्त नम्वर टाटा मोटर्सको सर्भरमा लिंक गरिन्छ र त्यसपछि गुरुहरुले प्रयोग गरेको टाटा जेन्युइन पार्टसमा उपलब्ध कोड एसएमएस मार्फत पठाउन सकिन्छ । यसरी पठाइएको एसएमसलाई सर्भरले तुरुन्तै रेस्पोन्स गरी उक्त पार्टस जेन्युइन हो वा होइन भनि आधिकारिकता प्रदान गर्छ । यसबाट उनीहरुले ग्राहकलाई जेन्युइन पार्टस प्रयोग गर्न सहज हुनेछ भने पार्टस अनुसार प्वाइन्ट समेत संकलन हुन्छ । जतिधेरै प्वाइन्ट संकलन भयो त्यतिनै मात्रामा उनीहरुले अतिरिक्त सुबिधा पाउनेछन् ।
प्वाइन्टका आधारमा उनीहरुले वर्कशपका लागि आबश्यक पर्ने उपकरण लगायत घरयासी सामाग्रीहरु जस्तो, टेलिभिजन, मोबाइल, ल्यापटप, वासिङ मेसिन, फ्रिज, माइक्रो वेभ ओभन र मोटरसाइकल देखी कारसम्म उपहार पाउनेछन् । यो उपहार योजनाले उनीहरुको जीवनस्तर उकास्न प्रत्यक्ष भुमिका खेल्ने भएपनि कम्पनीमार्फत उपलव्ध गराइने चरणबद्ध तालिम तथा सेमिनारले सिप र क्षमता अभिबृद्धिमा टेवा पु¥याउँछ । टाटा गुरु बनिसकेपछि ग्राहकको बिश्वास आर्जन गर्न समेत सहज हुने र सोही आधारमा ब्यावसायीक सफलता समेत चुम्न सकिने अबसर प्राप्त हुन्छ । अर्को फाइदा भनेको उनीहरुले टाटा परिवारमै रहेर काम गरेको अनुभुती गर्न पाउनेछन् । नेपालको अटोमाबाइल इतिहासमा पहिचानबिहिन जस्तो अबस्थाबाट गुज्रेर काम गर्दै आइरहेका मेकानिकहरुलाई टाटा मोटर्स र सिप्रदीको सहकार्यमा यस्तो योजना लागु हुँदा देशभर रहेका मेकानिक्स तथा वर्कशप सञ्चालकहरुले गर्ब गर्न लायक बातबरण सिर्जना भएको बुझ्न सकिन्छ ।
ग्राहकलाई फाइदा के ?
झट्ट हेर्दा यो अभियानले मेकानिक अर्थात गुरुलाई मात्र फाइदा पुग्ने देखिएपनि यसबाट ग्राहक समेत उत्तिकै लाभन्बित हुनेछन् । हाल बजारमा जेन्युइन पार्टस्को नाममा डुप्लिकेट पार्टस्को बिगबिगी बढिरहेको अबस्थामा ग्राहकले जेन्युइन पार्टसको नाममा भुक्तानी गरेको रकमबाट जेन्युइन पार्टस्नै पाइहाल्ने निश्चित छैन । यस्तो अबस्थामा टाटा गुरुमार्फत स्पेयर पार्टस प्रयोग गर्दा जेन्युइनको सत् प्रतिशत ग्यारेन्टि रहन्छ । यसमा रहेको अथोराइजेसन भेरिफिकेसन सिस्टमका कारण यस्तो हुने महाप्रबन्धक बुढाथोकी बताउँछन् ।
‘टाटा गुरुमार्फत गाडीको सर्भिसिङ गराउँदा उनीहरुले प्रयोग गर्ने स्पेयर पार्टसको गुणस्तरमा ढुक्क रहन सकिने बिशेषताका कारण ग्राहक ठगिने संभावना रहदैन’ उनी भन्छन, टाटा गुरुले पार्टस नम्वर एसएमस गर्ने बित्तिकै त्यो आधिकारिक हो होइन तत्काल एसएमसमार्फत जानकारी हाँसिल हुने हुँदा ग्राहक ढुक्क हुन सक्छन ।’ त्यसैगरी तालिम प्राप्त र कम्पनीले प्रमाणित गरेको यस्ता गुरुमार्फत मर्मतसम्भारको काम गर्दा ग्राहकले स्तरिय र भरपर्दो सेवा समेत हाँसिल गर्न सक्छन् । यस्ता गुरुमार्फत गाडीको सर्भिसिङ गराउँदा ग्राहकले टाटा गाडीकै आधिकारिक सर्भिस सेन्टरबाट सेवा लिएको अनुभुती हुन्छ । यसले ग्राहकलाई गुणस्तरीय सेवामा आश्वस्त बनाउँछ ।
कम्पनीलाई फाइदा के ?
मुलत टाटा गुरु अभियान टाटा गाडीमा जेन्युइन स्पेयर पार्टसको प्रयोग प्रबद्र्धनमा केन्द्रित रहेको देखिएपनि कम्पनीलाई यसबाट बहुआयमिक फाइदा पुग्ने देखिन्छ । यो अभियानबाट जेन्युइन पार्टसको खपत बढ्ने हुँदा यसको सिधा फाइदा स्पेयर पार्टसको ब्यापारमा देखिन्छ भने अर्कोतर्फ धेरैभन्दा धेरै गुरुहरु यसमा सामेल भएका कारण गाडीको मर्मत सम्भार सहज बन्छ । यसो हुनु भनेको गाडीको बिक्रीमा सकरात्मक प्रभाव पर्नु हो ।
धेरैजसो अटोमोबाइल कम्पनीहरु आफ्नो ब्यापार बढाउन सिधै सवारीसाधनको बिक्रीमा मात्र केन्द्रित बनिरहेको अहिलेको अबस्थामा सिप्रदीको यो अभियान निकै नै रचनात्मक र प्रभावकारी प्रमाणित भएको बुढाथोकी बताउँछन् । उनि भन्छन, ‘हामीले लागु गरेको यो अभियानले मेकानिक, ग्राहक र कम्पनी तीनवटै पक्ष ‘विन विन’ अबस्थामा छौ । यसबाट एक पक्षलाई लाभ र अर्को पक्षलाई घाटा हुने अबस्था छैन । त्यसैले पनि यो अभियान अहिले निकै नै फलदायी बनिरहेको छ ।’
कम्पनीको भाबी योजना
नेपालमा यो अभियान शुरुवात भएको ८ बर्ष पुरा भएको छ । यो अबधीमा १ हजार बढी मेकानिकले प्रत्यक्ष लाभ उठाएका छन् भने ग्राहक तथा कम्पनी स्वयंलाई समेत फाइदा भएको छ । जेन्युइन पार्टसको प्रयोगलाई बढवा दिएकै आधारमा कम्पनीले करोडौ मुल्य बराबरको ग्यारेज उपकरण र घरयासी सामाग्री मेकानिक्सको वर्कशप र घरघरमा पु¥याइदिएका कारण उनीहरु समेत खुसी छन् । आफूहरुले नयाँ पहिचान र पेशामा पाएको सम्मानका कारण सबैभन्दा बढी खुसी मिलेको उनीहरुको भनाई छ ।
यो अभियानमा धेरैभन्दा धेरै मेकानिक्स अर्थात वर्कशप सञ्चालक सामेल भई फाइदा उठाउन उनीहरुले अन्य साथीभाईहरुलाई समेत आह्वान गरेका छन् । तिनै गुरु मध्येका एक उपत्यकाको गुर्जुधारास्थित नमुना अटो वर्कशपका सञ्चालक मानबहादुर गुरुङले भने, ‘टाटा गुरु बनेपछि हामीप्रति ग्राहकको बिश्वास बढेका कारण ब्यावसाय समेत बृद्धि भएको छ ।
यो अभियानले मेकानिक्सलाई नयाँ पहिचान त दिएको छ नै बिना लगानी कम्पनीकै आधिकारिक सर्भिस सेन्टर सरह मान्यता पाएका छौ । जसका कारण ग्राहकलाई गुणस्तरिय सेवा÷सुबिधा दिन सहज भएको छ ।’ उनी थप्छन, ‘सिप्रदीको यो अभियानमा देशभरका मेकानिक्सहरु ढुक्क भएर लाग्दा फरक पर्दैन । किनकी यसमा संलग्न हुँदा हामी मेकानिक्स र ग्राहक दुबैलाई फाइदा पुगेको छ ।’
यो अभियानले सोचे अनुरुप उद्देश्य हाँसिल गर्दै गएका कारण आगामी दिनमा यसलाई अझै कसरी बढी प्रभावकारी बनाउने रणनितीमा कम्पनी रहेको छ । ‘भोलीका दिनमा हरेकजसो लोकल वर्कशपमा एक न एक टाटा गुरु उत्पादन गर्ने हाम्रो लक्ष्य छ । टाटा गाडीका ग्राहकले स्तरिय सेवा र गुणस्तरिय स्पेयर पार्टस् नपाएर समस्या खेप्नु नपरोस भन्ने बिषयमा सचेत रहँदै भोलीका दिनमा यो अभियानलाई आबश्यकता अनुसार परिमार्जन गर्दै ब्यापक बनाइने महाप्रबन्धक बुढाथोकीले बताए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...