हुन्डाई आई२० सँग प्रतिस्पर्धा गर्नका लागि टाटाले ल्यायो अल्ट्रोजको नयाँ भेरिएन्ट एक्सएम प्लस

टाटा मोटर्सले नयाँ अल्ट्रोजको एक्सएम प्लस भेरिएन्ट भारतमा लन्च गरेको छ । सो कारमा ७ इन्चको इन्फोटेनमेन्ट स्क्रिन रहेको छ । जसलाई एप्पल कारप्ले र एन्ड्रोइड अटोले सपोर्ट गर्न सकिन्छ । भारतीय बजारमा सो कारको एक्स शोरुम मूल्य ६ लाख ६ हजार भारु रहेको छ ।

टाटा अल्ट्रोज एक्सएम प्लस भेरिएन्ट पेट्रोल भर्सनमा मात्र लन्च गरेको छ । यसको स्टेयरिङ माउन्टेड कन्ट्रोल्सले राइडिङको राम्रो अनुभव दिन्छ । सो कारमा आर१६ ह्वीलको साथमा स्टाइलिस ह्वील कवर, रिमोट फोल्डेबल कि र भ्वाइस कमान्ड रिकग्निसन जस्ता फिचर समावेश छ ।

सो कारले भारतमा एडल्ट प्रोटेक्शनको लागि ५ स्टार र चाइल्ड प्रोटेक्शनको लागि ३ स्टार पाएको थियो । परीक्षणको समयमा एडल्ट प्रोटेक्शनको लागि १७ मा १६.१३ अंक प्राप्त गरेको थियो भने चाइल्ड प्रोटेक्शनको लागि ४९ मा २९ अंक प्राप्त गरेको थियो ।

सुरक्षाको लागि सो कारमा दुई एयरब्याग, ईबीडीको साथमा एबीएस, रियर पार्किङ सेन्सर, सीट बेल्ट रिमाइन्डर र आइसोफिक्स चाइल्ड सीट माउन्ट समावेश गरिएको छ । सो कारको टप भेरिएन्टमा हाइट एडजस्टेबल फ्रन्ट सीट बेल्ट, रियर पार्किङ क्यामेरा, फ्रन्ट र रियर फगल्याम्प समावेश छ ।

अल्ट्रोज एक्सएम प्लसमा पेट्रोल ट्रिममा पावरको लागि १.२ लिटरको रिभोट्रोन इन्जिन समावेश छ । यसमा ११९९ सीसीको ३ सिलिन्डर इन्जिनले ६००० आरपीएममा ८६ पीएसको अधिकतम पावर र ३३०० आरपीएममा ११३ एनएमको टर्क जेनेरेट गर्छ । सो कारको इन्जिनमा ५ स्पिड म्यानुअल ट्रान्समिसन समावेश गरिएको छ ।

सो कारको डिजेल ट्रिममा पावरको लागि १.५ लिटरको टर्बाेचाज्र्ड रिभोट्रोन इन्जिन समावेश गरेको छ । यसमा १४९७ सीसीको ४ सिलिन्डर इन्जिनले ४००० आरपीएममा ९० पीएसको अधिकतम पावर र १२५०–३००० आरपीएममा २०० एनएमको टर्क जेनेरेट गर्छ । सो कारको इन्जिनमा ५ स्पिड म्यानुअल ट्रान्समिशन समावेश गरेको छ ।

नेपाली बजारमा एक्सई, एक्सएम, एक्सटी र एक्सजेड गरी चार भेरिएन्टमा टाटा अल्ट्रोज उपलब्ध छ ।

केही दिन अघि भारतमा हुन्डाईले नयाँ आई२० लन्च गरेको छ । टाटाको यो नयाँ कारले हुन्डाईको सो कारलाई टक्कर दिन्छ वा दिदैन, त्यो भने हेर्न बाँकी नै छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...