यस्ता छन् टाटा अल्ट्रोजका विभिन्न भेरिएन्टका विशेषता र नेपालमा मूल्य

नेपाली बजारमा हालै टाटा अल्ट्रोज गाडी भित्रिएको छ । यो कार पेट्रोल र डिजेल गरी दुबै इन्जिन अप्सनमा उपलव्ध भए पनि नेपाली बजारमा भने तत्कालका लागि पेट्रोल भेरिएन्टमा मात्र उपलव्ध छ । यसको पेट्रोल भेरिएन्टमा १.२ लिटर रिभोट्रन इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ८६ पीएस र टर्क ११३ एनएम रहेको छ । अल्ट्रोज ६ स्पिड म्यानुअल ट्रान्समिसनमा उपलव्ध छ । कम र उच्च स्पिडमा समेत यो कारलाई नियन्त्रित तबरबाट ड्राइभ गर्न सकिन्छ ।

अल्ट्रोजको लम्बाई ३९९० एमएम, चौडाई १७७५ एमएम र उचाई १५२३ एमएम छ । यसको ह्विलबेस २५०१ एमएम छ भने ग्राउन्ड क्लियरेन्स १६५ एमएम छ । यसको बुट स्पेस ३४५ लिटर छ ।

५ जना बस्न मिल्ने सो गाडी हाई स्ट्रिट गोल्ड, स्काइलाइन सिल्भर, एभेन्यु ह्वाइट, डाउनटाउन रेड र मिडटाउन ग्रे गरी विभिन्न ५ कलरमा उपलब्ध छ । नेपाली बजारमा एक्सई, एक्सएम, एक्सटी र एक्सजेड गरी चार भेरिएन्टमा टाटा अल्ट्रोज उपलब्ध छ ।

एक्सईमा एचभीएसी, ई–पास, म्यानुअल सेन्ट्रल लक, ड्युअल एयरब्याग, ईबीडी र सीएससी सहितको एबीएस, रियर पार्किङ सेन्सर, फ्रन्ट पावर विन्डोज, डोर ह्यान्डल सहितको बडी कलर बम्पर, हाफ ह्विल क्याप, रियर स्पोइलर, आइसोफिक्स चाइल्ड सिट, ड्राइभ अवे लकिङ, किलक आउट प्रोटेक्सन, मल्टी ड्राइभ मोड, फ्रन्ट पावर आउटलेट र टिल्ट स्टेयरिङ जस्ता फिचर उपलब्ध छन् । यसको मूल्य २९ लाख ९९ हजार रुपैयाँ छ ।

त्यसैगरी अर्को भेरिएन्ट एक्सएममा एक्सई भन्दा थप पावर विन्डोज, फोल्डेबल मिरर सहित इलेक्ट्रिक ओआरभीएम, ब्लुटुथ कनेक्टिभिटी सहितको ८.८९ इन्चको फ्लोटिङ म्युजिक सिष्टम, रियर पार्सल ट्रे र २ वटा स्पिकर छन् । यसको मूल्य ३२ लाख ५५ हजार रुपैयाँ छ ।

एक्सटी भेरिएन्टमा एक्सई र एक्सएम भन्दा थप फिचरको रुपमा क्यामेरा सहितको रियर पार्किङ सेन्सर, क्रुज कन्ट्रोल, किलेस इन्ट्री सहितको सेन्ट्रल लक, कर्नरिङ कन्ट्रोल र डीआरएल सहितको फ्रन्ट फग लाइट, पुस स्टार्ट बटन, ब्लुटुथ कनेक्टिभिटी र स्टेयरिङ कन्ट्रोल सहितको १७.७८ इन्चको फ्लोटिङ टचस्क्रिन, इमेज र भिडियो प्ले सहितको भ्वाइस कमान्ड, आइडल स्टप स्टार्ट फङ्सन, भ्वाइल अलर्ट, ह्विल क्याप, क्रोम फिनिस ड्यासबोर्ड, कुल्ड ग्लोभ बक्स, ड्युअल हर्न, ४ स्पिकर र २ ट्विट्स तथा फलो मी होम र फाइन्ड मी फङ्सन उपलब्ध छन् । यसको मूल्य ३५ लाख ५५ हजार रुपैयाँ छ ।

सबैभन्दा माथिल्लो एक्सजेड भेरिएन्टमा माथि तीनवटै गाडीमा भएका विशेषतका साथै अन्य थप विशेषता रहेका छन् । यसको इन्स्ट्रयुमेन्ट क्लस्टरमा टर्न बाई टर्न नेभिगेसन, रियर एसी भेन्ट, ह्यान्ड वेयरेबल की, हाइट एड्जस्टेबल ड्राइभर सिट, एफएटीसी, फग लाइट, अटो हेडल्याम्प, अघिल्लो भागमा रेन सेन्सिङ वाइपर, डिफगर सहितको स्मार्ट रियर वाइपर, ड्युअल च्याम्बर प्रोजेक्टर हेडल्याम्प, अलोय ह्विल, फ्रन्ट र रियर आर्म रेस्ट, डोर ह्यान्डल भित्र मेटल फिनिस, लेदर र्याप गरिएको स्टेयरिङ र गियर कभर, रियर सिट हेडरेस्ट र पावर आउटलेट जस्ता फिचर छन् । यसको मूल्य ३८ लाख ५५ हजार रुपैयाँ छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...