टाटाको मिनी ईभी ट्रक ‘एस’ नेपाली बजारमा, फेस्टिभ अफरमा २ लाख ५० हजार छुट

काठमाडौं– टाटाको पहिलो कमर्सियल ईभी ‘एस’ नेपाली बजारमा भित्रिएको छ । सो मिनी ईभी ट्रकलाई बिहीवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले लन्च गरेको हो ।

एसको आगमनसंगै नेपालमा टाटाको कमर्सियल ईभी यात्रा सुरु भएको सिप्रदीले जनाएको छ । कम्पनीले हाल प्यासेन्जर सेग्मेन्टमा टाटा नेक्सन, टिगोर, एक्सप्रेस टी र टियागो ईभी बिक्री गर्दै आएको छ ।

सिप्रदीले नेपाल ल्याएको एस इभीमा २१.३ किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री जडान गरिएको छ । सो ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा १५४ किलोमिटर रेन्ज पाउन सकिने दावी कम्पनीले गरेको छ । फास्ट चार्जरको साहयतामा यसको ब्याट्रीलाई १ घन्टा ४५ मिटेनमा फुल चार्ज गर्न सकिन्छ ।

टाटाले यो ईभी ट्रकमा २७ किलोवाट क्षमताको मोटर दिएको छ । जसले १३० एनएम टर्क जेनेरेट गर्ने सामाथ्र्य राख्छ । साथै यसको टप स्पिड ६० किलोमिटर प्रतिघन्टा र ग्राउन्ड क्लिरियन्स १६० एमएम रहेको छ । यसको पेलोड क्षमता भने जम्मा ६०० किलोग्राम मात्र छ ।

एस ईभीमा ७ इन्चको इन्फोटेन्मेन्ट सिस्टम र नयाँ इन्स्ट्रयुमेनट क्लस्टर उपलब्ध गराइएको छ । साथै टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर भ्यू क्यामरा, ब्याट्रीको सुरक्षका लागी वाटर प्रुफ आईपी–७६ प्रोटेक्सन सिस्टम र १७ इन्चको ह्विल लगायत फिचरहरु यसमा पाउन सकिन्छ ।

कम्पनीले यसको ब्याट्रीमा ६ वर्ष अर्थात १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टि दिने जनाएको छ । सीप्रदीले यसको मूल्य २९ लाख ५० हजार निर्धारण गरेपनि फेस्टिभल सिजनका लागि २ लाख ५० हजार नगद छुट दिने घोषणा गरेको छ । छुट पछि यसको मूल्य २७ लाख रुपैयाँ पर्छ ।

सम्बन्धित समाचारहरू

आकर्षक सुविधा सहित ‘अपग्रेड टु बीवाईडी’ क्याम्पेन हुने, २ लाख सम्म एक्सचेन्ज बोनस पाइने

आकर्षक सुविधा सहित ‘अपग्रेड टु बीवाईडी’ क्याम्पेन हुने, २ लाख सम्म एक्सचेन्ज बोनस पाइने

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले ‘अपग्रेड...

टाटा नेक्सन ईभीले बनायो अर्को रेकर्ड

टाटा नेक्सन ईभीले बनायो अर्को रेकर्ड

इलेक्ट्रिक कारको माग तीव्र गतिमा बढेसँगै टाटाले इलेक्ट्रिक एसयूभी नेक्सन...

घोराहीको घोरदौरामा जीपलाइन सञ्चालनको तयारी

घोराहीको घोरदौरामा जीपलाइन सञ्चालनको तयारी

दाङ – घोराही उपमहानगरपालिका–१८ घोरदौरामा जीपलाइन सञ्चालन गरिँदै छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...