भिटारा ब्रेजाले पार ग-यो विश्वकै खतरनाक रोड (भिडियो सहित)
मारुती सुजुकी भिटारा ब्रेजाले विश्वकै खतरनाक मध्ये एक मानिने भारतको...
भारतको सबैभन्दा ठूलो कार उत्पादक मारुती सुजुकीले आफ्नो पहिलो ईभी लन्च गर्ने तयारीलाई अन्तिम चरणमा पुर्याएको छ । २०२५ को सुरुवातमै पहिलो ईभी मोडल ईभीएक्स लन्च गर्ने योजना बनाएको कम्पनीले त्यस अगावै भारतभर २५ हजारभन्दा बढी चार्जिङ पूर्बाधार तयार पार्ने योजनामा समेत काम गरिरहेको छ ।
चार्जिङ पूर्बाधार विस्तार गर्न मारुती सुजुकीले भारतका आयल मार्केटिङ कम्पनी र विभिन्न इनर्जी कम्पनीसंग सहकार्य गर्ने योजना बनाएको हो । मिडिया रिपोर्टका अनुसार कम्पनीले अहिले भारतभर रहेका डिलर नेटवर्कसंग समेत यस विषयमा छलफल अघि बढाएको छ ।
हाल संचालनमा रहेका सर्भिस सेन्टरमा ईभीका लागि कम्तिमा पनि एउटा छुट्टै सर्भिस वे र दुईवटा चार्जिङ प्वाइन्टलाई अनिबार्य गर्ने पनि उसको योजना छ । कम्पनीले अहिले आफ्ना मेकानिक्सलाई ईभी सम्वन्धि तालिम समेत प्रदान गर्न थालिसकेको रिपोर्टमा उल्लेख छ ।
मारुती सुजुकीले गुजरातस्थित प्लान्टबाट ईभीएक्स उत्पादन गर्ने तयारी गरेको छ । आफ्नो पहिलो ईभी मोडल ईभीएक्सलाई उसले पहिलो तीन महिनासम्म मासिक ३ हजार यूनिटका दरले बिक्री गर्ने योजना बनाएको छ ।
ईभीएक्सको मूल्य २० देखी २५ लाख भारुको विचमा कायम हुने अनुमान गरिएको छ । भारतमा हाल टाटा, महिन्द्रा, सिट्रोन र एमजीले ईभी उत्पादन गर्दै आएका छन् ।
मारुती सुजुकी भिटारा ब्रेजाले विश्वकै खतरनाक मध्ये एक मानिने भारतको...
मारुती सुजुकीले आफ्नो मिड साइज सेगमेन्टको सेडान कार ‘सियाज’को उत्पादन...
काठमाडौं – सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...