दुई भेरिएन्टमा आयो सुजुकी स्विफ्टको ब्लिट्ज एडिसन, यस्तो छ विशेषता

मारुती सुजुकीले आफ्नो लोकप्रिय ह्याचब्याक कार स्विफ्टलाई नयाँ एडिसनमा उतारेको छ । कम्पनीले लिमिटेड एडिसनका रुपमा ब्लिट्ज संस्करणलाई बजारमा ल्याएको हो ।

सो नयाँ एडिसन भिएक्सआई र भिएक्सआई(ओ) भेरिएन्टमा उपलब्ध हुनेछ । कारमा ३९ हजार ५०० भारु बरावरको निःशुल्क एसेसोरिज उपलब्ध गराइएको छ ।

कारमा ब्ल्याक रूफ स्पोइलर, अगाडि, पछाडि र साइडमा अन्डरबडी स्पोइलर तथा बडी मोल्डिङ, एलईडी फग ल्याम्प, विन्डो फ्रेम किट, ग्रिल गार्निस र डोर भाइजरहरु थप गरिएको छ ।

इन्टेरियरमा ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल र थप सुविधाहरू दिइएको छ । सुजुकीको सो नयाँ एडिसन पेट्रोल र सीएनजी दुबै पावरट्रेनमा उपलब्ध हुने जनाइएको छ ।

कारमा जडान गरिएको १.२–लिटर इन्जिनले ८२ बीएचपी र ११२ एनएम टर्क जेनेरट गर्दछ भने यसमा ५ स्पीड म्यानुअल र ५ स्पीड एएमटी ट्रान्समिन बिकल्प दिइएको छ ।

सम्बन्धित समाचारहरू

किन बढी बिक्री हुन्छ ह्याचब्याक कार ? यस्ता छन् ५ कारण

किन बढी बिक्री हुन्छ ह्याचब्याक कार ? यस्ता छन् ५ कारण

ह्याचब्याक कार सबैभन्दा लोकप्रिय कार मध्ये एक हो । ह्याचब्याक कारको...

सुजुकीको नयाँ वर्ष अफर : बाइक वा स्कुटर किन्दा १ लाख सम्म जित्न सकिने

सुजुकीको नयाँ वर्ष अफर : बाइक वा स्कुटर किन्दा १ लाख सम्म जित्न सकिने

काठमाडौं – सुजुकी मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक...

जनवरी १ देखि भारतमा यी ब्रान्डले कारको मुल्य वृद्धि गर्दै, कसले कति बढाउँदै ?

जनवरी १ देखि भारतमा यी ब्रान्डले कारको मुल्य वृद्धि गर्दै, कसले कति बढाउँदै ?

काठमाडौं–भारतका अधिकांश अटो निर्माताले नयाँ वर्ष २०२५ को पहिलो दिनबाटै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...