बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आउँदो माघ १७ गते शनिबार ‘सुपर स्याटरडे’को आयोजना गर्ने भएको छ । यो दिन सुजुकीका चारपांग्रेको खरिद गर्ने ग्राहकले विशेष अफर पाउने छन् ।
‘सुपर स्याटरडे’ मा ग्राहकले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बिमा, आकर्षक एक्सचेन्ज बोनस र निःशुल्क स्वामित्व हस्तान्तरणको सुविधा मोडेल अनुसार पाउने कम्पनीले बताएको छ ।
सो अवसरमा सुजुकीका २०२१ मोडलहरुमा २ लाख रुपैयाँ सम्मको नगद छुट उपलब्ध हुनेछ । त्यसैगरी १ लाख रुपैयाँ सम्मको स्पेसल छुट पाइने छ । ग्राहकले कुनै मोडलमा २० प्रतिशत डाउन पेमेन्ट गरेर सुजुकीका गाडी खरिद गर्न सक्ने छन् ।
यो अफर माघ १७ गते एक दिनका लागि मात्र देशभरका सबै ३८ वटा डिलरसिपमा लागू हुनेछ ।
नेपालमा सुजुकी गाडीको सबैभन्दा ठूलो ‘प्रडक्ट रेन्ज’ रहेको छ । हाल नेपालमा सीजी मोटोकर्पले सुजुकीका अल्टो, एसप्रेसो, सेलेरियो, वागन आर, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, भिटारा ब्रेजा, एसक्रस, अर्टिगा, एक्सएल सिक्स, इको भ्यान, इको कार्गो र सुपर क्यारी गरी १६ वटा मोडेलको विक्री गर्दै आएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...