कार विक्रीमा मारुती सुजुकीको वर्चस्व कायमै, व्रेजाले पछि पार्यो टाटा नेक्सनलाई
भारतको सवैभन्दा ठूलो प्यासेन्जर कार निर्माता मारुती सुजुकीले विक्रीमा...
काठमाडौं – नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं तिहार भरीका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।
यो योजना अन्तर्गत ग्राहकले ४ लाख रुपैयाँ सम्मको नगद छुट, १ वर्षको सवारी बीमा, २० हजारसम्मको लोयल्टी बोनस, १ लाख रुपैयाँ सम्मको एक्सचेन्ज बोनस र सिट कभर सहितको एसेसरिज पाउन सक्ने छन् ।
कम्पनीले नाडा अटो शो लक्षित गरी शो कार्यक्रम भरी खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्ड मार्फत थप २ लाख रुपैयाँसम्मको छुट प्रधान गर्नेछ । यसमा केही शर्तहरु लाग्ने कम्पनीले जनाएको छ।
नाडा अटो शोमा सुजुकीले सार्वजनिक गरेको चौथौं संस्करणको नयाँ एपिक स्विफ्ट, इलेक्ट्रिक कारमा जस्तै ५ वर्षको लागि शून्य रनिङ्ग खर्च हुने गरी अफर पनि ल्याएको छ । यो अद्वितीय योजनाले नयाँ स्विफ्ट ग्राहकहरूले रनिङ खर्चको बोझ बिना ढुक्कको ड्राइभिङ अनुभव लिन सक्ने कम्पनीले जनाएको छ।
१ . शुन्य रनिङ्ग खर्च : स्विफ्ट खरिद गर्ने नयाँ ग्राहकले ५ वर्ष सम्म पेट्रोलमा खर्च गर्नु पर्ने छैन, भने ५ वर्षको लागि मर्मतसम्भार र पीएमएस पार्ट्स र इन्जिन आयलमा पनि केही खर्च गर्नु पर्ने छैन । कम्पनीको मापदण्ड अनुशारको ११ वटै नियमित सर्भिसमा पनि केही शुल्क नलाग्ने व्यवस्था छ ।
२ . फ्री अटो विमा र एसेसरिज : यो योजनामा थप १ वर्षको विमा र सिट कभर सहितको सुजुकी जेन्युइन एसेसरिजहरु पनि निः शुल्क पाइने छ ।
३ . थप अतिरिक्त वारेन्टी र एक्सचेन्ज बोनस : विक्री पछिको रिसेल भ्यालुप्रति मनोबल अझै बढाउन ५ वर्ष पछि २ लाख एक्सचेन्ज बोनस ग्यारेन्टी र ५ वर्षको ढुक्क वारेन्टी उपलब्ध हुनेछ ।
४ . उच्च रिसेल भ्यालु : स्विफ्ट बिगत देखि उच्च रिसेल भ्यालु भएको गाडी हो । थप एक्सचेन्ज बोनसले ग्राहकलाई भविष्यमा बिक्री गर्दा फाइदा हुनेछ ।
विद्युतीय र पेट्रोल इन्जिन सवारी साधनहरू बीचको बढ्दो बहसमा यो ऐतिहासिक योजना प्रस्ताव गर्न पाउँदा उत्साहित भएको कम्पनीको भनाइ छ । यसबाट ग्राहकहरूले फाइदाजनक र झन्झटरहित तवरले शून्य रनिङ खर्च प्रतिष्ठित स्विफ्टको अनुभव गर्न सक्ने कम्पनीले अपेक्षा गरेको छ ।
यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै शोरूमहरुमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडलका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन् । नाडा अटो शोमा सुजुकीले चौथौं संस्करणको नयाँ एपिक स्विफ्ट पनि सार्वजनिक गरेको हो । नयाँ एपिक स्विफ्टसंगै नाडा अटो शोमा सुजुकीका नयाँ एसयुभीहरु जिम्नी, फ्रङ्क्स, ग्रान्ड भिटारा र नया ब्रेजा डिस्प्लेमा भएको कम्पनीले जनाएको छ।
भारतको सवैभन्दा ठूलो प्यासेन्जर कार निर्माता मारुती सुजुकीले विक्रीमा...
सुजुकीले ठूलो इन्जिन भएको एड्भेन्चर टुरिङ बाइक भारतीय बजारमा ल्याउने...
मारुती सुजुकीले बिक्री पछिको सेवामा नयाँ माइलस्टोन हाँसिल गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...