२५ किलोमिटर भन्दा बढी माइलेज दिने नयाँ मारुती सुजुकी वागनआर लन्च
मारुती सुजुकीको सबैभन्दा धेरै बिक्री हुने कार मध्येको एक मारुती सुजुकी...
काठमाडौं – सुजुकी कारको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले नयाँ सेलेरियो आफ्ना विभिन्न डिलरहरुमा पु¥याएको छ । केही समय पहिले नै यसको बुकिङ लिइएको भए पनि औपचारिक लन्च गर्ने भने बाँकी नै छ ।
सुजुकी सेलेरियो तीन भेरिएन्ट भीएक्सआई, जेडएक्सआई र जेडएक्सआई प्लसमा उपलब्ध हुनेछ । यी तीन भेरिएन्टको मूल्य क्रमशः २७ लाख ९९ हजार, २९ लाख ९९ हजार र ३१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । अहिले यसको बेस भेरिएन्ट भीएक्सआई केही डिलरहरुमा पुगिसकेको छ ।
सुजुकी सेलेरियो केही समय पहिले भारतमा लन्च भएको र सबैभन्दा बढी माइलेज दिने कारको रुपमा परिचित छ । सुजुकी सेलेरियो पहिले देखि नै बजारमा उपलब्ध भए पनि नयाँ सेकेन्ड जेनेरेसन मोडल हो । यसमा १.० लिटर के१०सी के सिरिज डुअलजेट, डुअल भीभीटी पेट्रोल इन्जिन र ५ स्पिड म्यानुअल र अटोमेटिक गियरबक्समा उपलब्ध छ । यसमा दिइएको इन्जिनले अधिकतम ६६ हर्स पावर र ८९ एनएम टर्क प्रदान गर्छ । यसअघिको सेलेरियोको तुलनामा नयाँ इन्जिनले २ हर्स पावर र एक एनएम टर्क कम उत्पादन गर्छ ।
नयाँ सेलेरियो २६.६८ किलोमिटर प्रति लिटरको माइलेज प्रदान गर्ने क्षमता रहेको छ । माइलेज बढाउन आइडल स्टार्ट–स्टप फिचर दिइएको छ ।
नयाँ मारुती सेलेरियोमा एप्पल कारप्ले र एन्ड्रोइड अटोलाई सपोर्ट गर्ने टचस्क्रिन इन्फोटेनमेन्ट स्क्रिन जस्ता फिचर समावेश गरिएको छ । साथै आइडल स्टार्ट/स्टप फङसनको साथ पुश स्टार्ट/स्टप बटन पनि समावेश गरिएको छ ।
मारुती सुजुकीको सबैभन्दा धेरै बिक्री हुने कार मध्येको एक मारुती सुजुकी...
काठमाडौं – सुजुकीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले नयाँ...
अब केही नयाँ ब्रान्ड र मोडलका कार खरिद गर्ने सोच बनाउनु भएको छ भने तपाईका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...