आकर्षक फिचरका साथ सार्वजनिक भयो करोड हाराहारी मूल्यको सुजुकी हायाबुसा बाइक

जापानी बाइक निर्माता कम्पनी सुजुकीले शुक्रबार सुजुकी हायाबुसाको तेस्रो पुस्ता अर्थात थर्ड जेनेरेसन बाइक औपचारिक रुपमा सार्वजनिक गरेको छ । सुजुकीले विश्व बजारमा सो बाइक बिक्री गर्नेछ । नयाँ सुजुकी हायाबुसामा विभिन्न परिवर्तन गरिएको छ ।

नयाँ मोडलमा ड्युअल टोन बडी कलरका साथ सार्प लुक सहितको एक्सटेरियर छ । फ्रन्टमा बिल्ट–इन पोजिसन लाइटको साथ टर्न सिग्नल र एक अल–एलईडी हेडलाइट दिइएको छ । अघिल्लो मोडलमा जस्तै यी लाइटलाई फ्रन्ट एयर इन्टेकको वाहिरी किनारामा राखिएको छ ।

बाइकको इन्स्ट्रयुमेन्ट कन्सोलको ट्विन एनालग क्लकलाई पनि अपडेट गरिएको छ । अब एनालग डायलको बीचमा एउटा सानो टीएफटी प्यानल उपलब्ध छ । यद्यपि अपडेट पश्चात पनि यो पुरानो जमानाको बाइककै जस्तो देखिएको छ ।

त्यसैगरी यो बाइकमा मल्टी इन्जिन पावर मोड, क्विकसिफ्टर र नयाँ इलेक्ट्रोनिक सस्पेन्सन पनि उपलब्ध छ । त्यसैगरी यसमा एक कम्प्रिहेन्सिव इलेक्ट्रोनिक सुइट उपलब्ध हुन सक्ने छ, जसमा एक इनर्सियल मेजरमेन्ट युनिट अर्थात आईएमयू सामेल छ, जसले कर्नरिङ एबीएस र ट्रयाक्सन कन्ट्रोल सिस्टमलाई पावर उपलब्ध गराउने छ ।

नयाँ २०२१ सुजुकी हायाबुसा बाइकमा इन्जिन पनि अपडेट गरिएको छ । यसमा १३४० ुसीसी इनलाइन फोर सिलिन्डर, लिक्विडकुल्ड इन्जिन उपलब्ध छ, जसले युरो ५ मापदण्डलाई पालना गर्छ । सो इन्जिन एक राइड बाई वायर इलेक्ट्रोनिक थ्रोटल सिस्टमयुक्त छ । त्यसैगरी यसमा अपडेटेड इन्टेक र एक्जस्ट सिस्टम पनि उपलब्ध छ । यी सबैका कारण लो तथा मिड रेन्जमा पावर र टर्क आउटपुट बढाउनमा सहयोग हुन्छ ।

सो इन्जिनले ९,७०० आरपीएममा १८७.७ बीएचपी पावर र ७,००० आरपीएममा १५० एनएम टर्क जेनेरेट गर्छ । पहिले जस्तै यो इन्जिनमा ६–स्पिड गियरबक्स छ । बाइकको कुल वजन २६४ किलोग्राम छ । बाइकले १४.९ किलोमिटर माइलेज दिने कम्पनीले बताएको छ ।

बाइकमा एसडीएमएस–अल्फाका साथ कम्पनीको नयाँ सुजुकी इन्टेलिजेन्ट राइड सिस्टम छ । यसैका कारण नै बाइकमा पाँच राइडिङ मोड सेलेक्टर, इन्जिन ब्रेक कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल, बाई डाइरेक्सनल क्विक सिफ्ट सिस्टम र एन्टी लिफ्ट कन्ट्रोल जस्ता फिचर उपलब्ध हुन्छ । यसका आधारमा एक्टिभ स्पिड लिमिटर जस्तो फिचर पनि उपलब्ध हुन्छ, जसले गर्दा राइडरले बाइकको स्पिड नियन्त्रण गर्न सक्छन् ।

यो बाइक सबैभन्दा पहिले युरोपेली बजारमा बिक्री गरिने छ । त्यसपछि बल्ल जापान र उत्तर अमेरिकामा लन्च गरिने छ । नेपाली बजारमा आउने वा नआउने भने अहिले नै भन्न सकिन्न । नेपाली बजारमा यो बाइक आयो नै भने पनि एक करोड रुपैयाँको हाराहारी मूल्य पर्न सक्छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...