एडास प्रविधि र नयाँ इन्जिनमा आउँदै सुजुकी ब्रेजा, भारतमा बुकिङ खुल्यो
काठमाडौँ–मारुती सुजुकीले आफ्नो लोकप्रिय कम्प्याक्ट एसयूभी ब्रेजाको...
सुजुकी मोटरसाइकल इन्डिया प्रालिले भारतमा आफ्नो उत्पादन यात्राको २० वर्ष पूरा गर्दै एक करोड दुई पाङ्ग्रे सवारी साधन उत्पादनको ऐतिहासिक उपलब्धि हासिल गरेको छ।
सुजुकीको एक्सेस १२५ ले भारतीय बजारमा १२५ सीसी स्कुटर सेगमेन्टको सुरुआत गरेको थियो । कम्पनीले भारतमा आफ्नो औपचारिक उत्पादन यात्रा सन् २००६ बाट सुरु गरेको थियो। कम्पनीले क्रमिक रूपमा आफ्नो बजार उपस्थिति विस्तार गर्दै सन् २०२० मा पहिलो पटक ५० लाख युनिट उत्पादनको कोशेढुङ्गा हासिल गरेको थियो। त्यसपछि उत्पादन पोर्टफोलियो विस्तार, नयाँ मोडलको सुरुआत र उत्पादन क्षमतामा वृद्धिसँगै कम्पनीले केवल ६ वर्षमै अर्को ५० लाख युनिट उत्पादन गर्न सफल भएको हो।
हाल सुजुकी मोटरसाइकल इन्डिया भारतीय बजारमा ३ स्कुटर, ७ स्पोर्ट्स बाइक, २ सुपरबाइक र २ एडभेन्चर टुरर मोटरसाइकल सहित विभिन्न सेगमेन्टका दुई पाङ्ग्रे सवारी साधन बिक्री गर्दै आएको छ। यसमा एक्सेस, बर्गमन र एभेनिस जस्ता स्कुटरहरू, जिक्सर शृङ्खला अन्तर्गत १५० सीसी र २५० सीसी मोडलहरू, भी–स्ट्राेम एसएक्स, जीएसएक्स–८आर, भी–स्ट्राेम ८०० डीई र हायाबुसा जस्ता लोकप्रिय मोटरसाइकल समावेश छ ।
कम्पनीले भविष्यको गतिशीलतालाई ध्यानमा राख्दै कार्बन न्यूट्रलिटीको दिशामा अघि बढिरहेको जनाएको छ। यही लक्ष्यलाई साकार पार्न सुजुकीले हरियाणामा नयाँ उत्पादन प्लान्ट स्थापना गर्ने तयारी गरिरहेको छ। जापानी इन्जिनियरिङ, प्रिमियम डिजाइन, भरपर्दो प्रविधि र राम्रो माइलेजका कारण सुजुकी मोटरसाइकल इन्डियाले भारतीय बजारमा आफ्नो पहिचान र लोकप्रियता निरन्तर रूपमा बलियो बनाउँदै आएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...