हिरोका नयाँ प्रिमियम मोटरसाइकल १५० देखि ३५० सीसी सेग्मेन्टमा आउने
विश्वकै ठूलो दुई–पांग्रे सवारी साधन निर्माता कम्पनी हिरो मोटोकर्पले...
सुजुकी मोटरसाइकल इन्डियाले लामो समय देखि भारतमा इलेक्ट्रिक स्कुटर लन्च गर्ने योजनामा काम गरिरहेको छ । कम्पनीले हालै सुजुकी बर्गम्यान इलेक्ट्रिक भेरिएन्टको पहिलो झलक देखाएको छ ।
सो इलेक्ट्रिक स्कुटर हालै सडकमा परीक्षणको समयमा देखा परेको थियो । सुजुकीको हालसम्म कुनै पनि इलेक्ट्रिक बाइक वा स्कुटर लन्च गरिएको छैन । आउने समयमा सुजुकीको ११० सीसी देखि १२५ सीसीसम्मको इलेक्ट्रिक स्कुटर लन्च हुने सम्भावना रहेको छ । हाल बर्गम्यानको प्रोटोटाइको परीक्षण भइरहेको छ ।
सुजुकीले परीक्षण गरिरहेको इलेक्ट्रिक स्कुटर सुजुकी बर्गम्यान म्याक्सी स्कुटर जस्तो देखिन्छ । अनुमानित रिपोर्ट अनुसार इलेक्ट्रिक स्कुटर बर्गम्यानको इलेक्ट्रिक भेरिएन्टको पहिलो स्कुटर हुनेछ । सो स्कुटर ह्वाइट र ब्लु जस्ता ड्युअल टोन कलर स्किममा लन्च गरिनेछ । स्कुटरको दायाँ तर्फ सक एब्जर्बर समावेश गरिएको छ ।
सो स्कुटरमा ह्वील्स र फ्रन्ट टेलिस्कोपिक सस्पेन्शन बर्गम्यान जस्तो रहेको छ । सुजुकीको सो इलेक्ट्रिक स्कुटरमा ४ केडब्ल्युएचको व्याट्री प्याक र ४ देखि ६ केडब्ल्यु इलेक्ट्रिक मोटर सेटअप देख्न सकिन्छ । अनुमानित रिपोर्ट अनुसार सो इलेक्ट्रिक स्कुटर एक पटकको फुल चार्जमा ७० देखि ९० किलोमिटरको दुरी तय गर्छ । सो स्कुटरको टप स्पिड ८० किलोमिटर प्रति घन्टा रहेको छ ।
सो स्कुटरको रजिस्ट्रेशन प्लेट अलि माथि उठाइएको छ । साथै यसमा ब्लुटुथ र ४जी एलटीई कनेक्टिभिटी भएको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर समावेश गरिएको छ । सुजुकीको सो इलेक्ट्रिक स्कुटरमा स्मार्टफोनले कनेक्ट गर्न पनि सकिन्छ । साथै एसएमएस, कल अलर्ट, नेभिगेशन, राइडिङ स्टेटिस्टिक्स, चार्जिङ स्टेटस, कलर आईडी अलर्ट समेत अन्य फिचरको लाभ डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टरको माध्यमले लिन सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...