बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
सुजुकी मोटरसाइकल इन्डियाले लामो समय देखि भारतमा इलेक्ट्रिक स्कुटर लन्च गर्ने योजनामा काम गरिरहेको छ । कम्पनीले हालै सुजुकी बर्गम्यान इलेक्ट्रिक भेरिएन्टको पहिलो झलक देखाएको छ ।
सो इलेक्ट्रिक स्कुटर हालै सडकमा परीक्षणको समयमा देखा परेको थियो । सुजुकीको हालसम्म कुनै पनि इलेक्ट्रिक बाइक वा स्कुटर लन्च गरिएको छैन । आउने समयमा सुजुकीको ११० सीसी देखि १२५ सीसीसम्मको इलेक्ट्रिक स्कुटर लन्च हुने सम्भावना रहेको छ । हाल बर्गम्यानको प्रोटोटाइको परीक्षण भइरहेको छ ।
सुजुकीले परीक्षण गरिरहेको इलेक्ट्रिक स्कुटर सुजुकी बर्गम्यान म्याक्सी स्कुटर जस्तो देखिन्छ । अनुमानित रिपोर्ट अनुसार इलेक्ट्रिक स्कुटर बर्गम्यानको इलेक्ट्रिक भेरिएन्टको पहिलो स्कुटर हुनेछ । सो स्कुटर ह्वाइट र ब्लु जस्ता ड्युअल टोन कलर स्किममा लन्च गरिनेछ । स्कुटरको दायाँ तर्फ सक एब्जर्बर समावेश गरिएको छ ।
सो स्कुटरमा ह्वील्स र फ्रन्ट टेलिस्कोपिक सस्पेन्शन बर्गम्यान जस्तो रहेको छ । सुजुकीको सो इलेक्ट्रिक स्कुटरमा ४ केडब्ल्युएचको व्याट्री प्याक र ४ देखि ६ केडब्ल्यु इलेक्ट्रिक मोटर सेटअप देख्न सकिन्छ । अनुमानित रिपोर्ट अनुसार सो इलेक्ट्रिक स्कुटर एक पटकको फुल चार्जमा ७० देखि ९० किलोमिटरको दुरी तय गर्छ । सो स्कुटरको टप स्पिड ८० किलोमिटर प्रति घन्टा रहेको छ ।
सो स्कुटरको रजिस्ट्रेशन प्लेट अलि माथि उठाइएको छ । साथै यसमा ब्लुटुथ र ४जी एलटीई कनेक्टिभिटी भएको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर समावेश गरिएको छ । सुजुकीको सो इलेक्ट्रिक स्कुटरमा स्मार्टफोनले कनेक्ट गर्न पनि सकिन्छ । साथै एसएमएस, कल अलर्ट, नेभिगेशन, राइडिङ स्टेटिस्टिक्स, चार्जिङ स्टेटस, कलर आईडी अलर्ट समेत अन्य फिचरको लाभ डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टरको माध्यमले लिन सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...