स्मार्ट सिरोजेनिक्स बन्यो सुजुकीको नेक्स्ट जेन शोरुम
काठमाडौं – नेपालका लागि सुजुकी चार पांग्रे सवारी साधनको आधिकारिक वितरक...
सुजुकीले निकट भविष्यमै बजारमा उतार्ने तयारी गरिरहेको वर्गम्यान स्कुटरको इलेक्ट्रिक भर्सनको प्याटेन्ट ड्रोइङ वाहिर ल्याएको छ । यो स्कुटरको अहिले भारतीय सडकमा गुपचुपका साथ रोड टेष्ट भैरहेको जनाइएको छ । यो स्कुटरमा कुन साइजको व्याट्री प्याक र मोटर जडान हुने हो र त्यसले कति किलोमिटर रेन्ज दिन्छ भन्ने विषयमा कुनै जानकारी वाहिर नआएपनि डिजाइन भने वाहिर आएको हो ।
यो स्कुटरलाई कम्पनीले हाल कारोवार भैरहेको आइसिई इन्जिनयुक्त वर्गम्यान मोडलकै प्लेटफर्ममा उत्पादन गर्न लागेपनि लुक्स तथा डिजाइनमा भने व्यापक परिवर्तन गरिएको छ । सिटमूनीको फ्रेममा एसी मोटर दिइएको यो स्कुटरमा एसी–डिसी कन्भर्टर भने फ्लोरवोर्ड भित्र राखिएको देख्न सकिन्छ ।
सिटमुनीको स्टोरेज कम्पार्टमेन्टमा व्याट्री राख्ने व्यवस्था मिलाइएका कारण यो स्कुटरमा सामान राख्न लगेज स्पेस भेन उपलब्ध हुनेछैन । यसमा बजाज चेतक र टिभिएर आइक्यूवको भन्दा ठूलो साइजको व्याट्री जडान हुने भएपनि उक्त व्याट्री कुन साइजको हुनेछ भनेर खुलाइएको छैन । यसैगरी भोल्टेजलाई कन्ट्रोल गर्ने डिसी–एसी कन्ट्रोलरलाई व्याट्री प्याक नजिकै राखिएको छ ।
यो स्कुटरलाई कम्पनीले यसै वर्षको अन्तिमसम्म बजारमा उतार्ने संभावना देखिएको छ । जसको मूल्य १ लाख २० हजार भारुसम्म पर्ने आँकलन गरिएको छ ।
काठमाडौं – नेपालका लागि सुजुकी चार पांग्रे सवारी साधनको आधिकारिक वितरक...
काठमाडौं – भारतमा सुजुकी स्विफ्टको बिक्री २५ लाख युनिट नाघेको छ । १६...
मारुती सुजुकीले ई-भिटाराको माध्यमबाट इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...