मारुतीको पहिलो इलेक्ट्रिक कार परीक्षणको क्रममा देखियो, अर्को वर्ष लन्च हुने अनुमान
मारुतीले कम्प्याक्ट एसयूभी सेगमेन्टमा इलेक्ट्रिक गाडी ल्याउने तयारी...
सुजुकीले निकट भविष्यमै बजारमा उतार्ने तयारी गरिरहेको वर्गम्यान स्कुटरको इलेक्ट्रिक भर्सनको प्याटेन्ट ड्रोइङ वाहिर ल्याएको छ । यो स्कुटरको अहिले भारतीय सडकमा गुपचुपका साथ रोड टेष्ट भैरहेको जनाइएको छ । यो स्कुटरमा कुन साइजको व्याट्री प्याक र मोटर जडान हुने हो र त्यसले कति किलोमिटर रेन्ज दिन्छ भन्ने विषयमा कुनै जानकारी वाहिर नआएपनि डिजाइन भने वाहिर आएको हो ।
यो स्कुटरलाई कम्पनीले हाल कारोवार भैरहेको आइसिई इन्जिनयुक्त वर्गम्यान मोडलकै प्लेटफर्ममा उत्पादन गर्न लागेपनि लुक्स तथा डिजाइनमा भने व्यापक परिवर्तन गरिएको छ । सिटमूनीको फ्रेममा एसी मोटर दिइएको यो स्कुटरमा एसी–डिसी कन्भर्टर भने फ्लोरवोर्ड भित्र राखिएको देख्न सकिन्छ ।
सिटमुनीको स्टोरेज कम्पार्टमेन्टमा व्याट्री राख्ने व्यवस्था मिलाइएका कारण यो स्कुटरमा सामान राख्न लगेज स्पेस भेन उपलब्ध हुनेछैन । यसमा बजाज चेतक र टिभिएर आइक्यूवको भन्दा ठूलो साइजको व्याट्री जडान हुने भएपनि उक्त व्याट्री कुन साइजको हुनेछ भनेर खुलाइएको छैन । यसैगरी भोल्टेजलाई कन्ट्रोल गर्ने डिसी–एसी कन्ट्रोलरलाई व्याट्री प्याक नजिकै राखिएको छ ।
यो स्कुटरलाई कम्पनीले यसै वर्षको अन्तिमसम्म बजारमा उतार्ने संभावना देखिएको छ । जसको मूल्य १ लाख २० हजार भारुसम्म पर्ने आँकलन गरिएको छ ।
मारुतीले कम्प्याक्ट एसयूभी सेगमेन्टमा इलेक्ट्रिक गाडी ल्याउने तयारी...
लामो समयको प्रतीक्षा पश्चात सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ आज लन्च भएको छ ।...
मारुती सुजुकी अर्टिगा अपडेट सहित लन्च गरिएको छ । यसको प्रारम्भिक मूल्य ८...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...