मारुती सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी २०२५ मार्चमा लन्च हुने

मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी ईभिएक्स २०२५ को मार्च महिनामा लन्च गर्ने भएको छ । सो नयाँ ईभीलाई कम्पनीले अहिले भारतका विभिन्न सडकमा परिक्षण गरिरहेको छ ।

भारतको सबैभन्दा ठूलो अटो उत्पादक मारुती सुजुकीले आफ्नो पहिलो ईभी कहिले लन्च गर्ला भन्ने जिज्ञासा विश्वभरका ईभी पारखीमाझ रहँदै आएको थियो ।

सुजुकी ईभिएक्ससंगै तयार भइरहेको टोयोटाको नयाँ ईभी पनि लगत्तै लन्च हुने कम्पनीले जनाएको छ । भारतमा अहिले यी दुई कम्पनीविच सहकार्य हुँदै आएको छ । ईभीका लागी यी दुई ब्राण्ड मिलेर नयाँ प्लेटफर्म समेत विकास गरिरहेका छन् ।

मास मार्केटलाई लक्षित गरी बजेट ईभी ल्याउन यी दुई कम्पनीले २७ पिएल स्केटबोर्ड प्लेटफर्म विकास गरेका हुन् । सोही प्लेटफर्ममा नै सुजुकी ईभिएक्स उत्पादन हुनेछ । मारुती सुजुकी इण्डियाका कार्यकारी निर्देशक राहुल भारतीका अनुसार ईभीएक्समा जडान हुने ६० किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ५५० किलोमिटर रेन्ज प्रदान गर्नेछ ।

‘ईभीका लागी हामीले छुट्टै प्लान्टको निर्माण समेत थालिसकेका छौ । अवको बजार ईभीमै केन्द्रित हुनेहुँदा मारुती सुजुकीले पनि आफ्नो लाइनअपमा थुप्रै मोडलका इलेक्ट्रिक कार लन्च गर्ने योजना बनाइरहेको छ’ उनले भने ।

सम्बन्धित समाचारहरू

यस्तो छ मारुती सुजुकीले लन्च गर्न लागेको नयाँ फ्रंक्स क्रसओभर

यस्तो छ मारुती सुजुकीले लन्च गर्न लागेको नयाँ फ्रंक्स क्रसओभर

अटो एक्सपो २०२३ मा, मारुती सुजुकीले फ्रंक्स क्रसओभर सार्वजनिक गरेको थियो ।...

७ सिटर प्रिमियम एसयूभी बजारमा उतार्ने तयारीमा मारुती सुजुकी

७ सिटर प्रिमियम एसयूभी बजारमा उतार्ने तयारीमा मारुती सुजुकी

मारुती सुजुकीले एक ७ सिटर प्रिमियम एसयूभी बजारमा उतार्ने तयारीका साथ...

नयाँ सुजुकी ब्रेजामा ४० भन्दा बढी कनेक्टेड फिचर्स हुने

नयाँ सुजुकी ब्रेजामा ४० भन्दा बढी कनेक्टेड फिचर्स हुने

मारुतीको सब–कम्प्याक्ट एसयूभी ब्रेजा एड्भान्स फिचर सहित जुन ३० मा लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...