पृथ्वीराजमार्ग सडक विस्तार अन्तर्गत भयो पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
तनहुँ – पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यले तीव्रता...
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा सुनिल लम्साललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाउने निर्णय गरेको छ।
२०४७ असोजमा स्याङ्जाको बिरुवा गाउँपालिकामा जन्मेका लम्साल दुई दशकदेखि रूपन्देहीको तिलोत्तमा नगरपालिका भलबारीका स्थायी बासिन्दा हुन्। भलबारीकै बोर्डिङबाट एसएलसी पूरा गरेका उनले त्यहीको लुम्बिनी इन्जिनियरिङ कलेजमा पढे। एमाले निकट अनेरास्ववियूमा क्रियाशील रहेका उनी सन् २०११ मा त्यही कलेजमा स्ववियू सभापति निर्वाचित भए।
२०६२/६३ को जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका लम्सालले संरचनात्मक इन्जिनियरका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका पूर्वाधार परियोजनामा काम गरिसकेका छन्।
२०७९ को स्थानीय निर्वाचनपछि उनले काठमाडौं महानगरपालिकामा मेयर बालेनको पूर्वाधार सल्लाहकार भएर काम गरे। फोहोर व्यवस्थापनलाई वैज्ञानिक, वातावरणीय र मानवअधिकारसँग सन्तुलन मिलाएर दीर्घकालीन समाधान खोज्नुपर्ने विषय ठान्ने उनी फोहोर व्यवस्थापनमा विद्यावारिधि गर्दैछन्।
तनहुँ – पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यले तीव्रता...
भारतमा सडक दुर्घटना गम्भीर समस्याका रूपमा रहँदै आएको छ। हरेक वर्ष लाखौं...
नवलपरासी । बुटवल-नारायणगढ सडकअन्तर्गतको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...