लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
सुर्खेत–एसएमएल महिन्द्राको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल...
नेपाली अटो बजारमा कम सीसी इन्जिन क्षमता भएका एसयूभीको बजार प्रतिस्पर्धात्मक बन्दै गएको छ । क्रसओभर समेत भनिने यस्ता एसयूभीको बजार बिस्तार हुँदै गएपनि प्रतिस्पर्धि ब्रान्ड र तिनले बजारमा उतारेका नयाँ मोडलका कारण बजार थप प्रतिस्पर्धात्मक बन्ने देखिएको हो ।
हाल यो सेग्मेन्टमा टाटा नेक्सन, सुजुकी ब्रेजा, हुन्डाई भेन्यु र फोर्ड इकोस्पोर्ट उपलव्ध छन् । यो लाइनमा पछिल्लो सयम निसानले म्यागनाइट र किया मोटर्सले सोनेट उतार्ने तयारी गरिरहेको छ । म्यागनाइट अबको १ महिनापछि नेपाली बजारमा भित्रिने कम्पनी स्रोतले जनाएको छ भने सोनेटको हाल प्रि–बुकिङ लिने काम भइरहेको छ ।
यो सेग्मेन्टमा सुजुकी ब्रेजाले बजारको नेतृत्व गरिरहेको छ भने उसलाई हुन्डाई भेन्यु र टाटा नेक्सनले पछ्याइरहेको छ । फोर्ड इकोस्पोर्टको बजार हिस्सा समेत निकै आकर्षक रहेको छ । यी ४ ब्रान्डलाई टक्कर दिन छिट्टै बजार आउने तयारी गरिरहेका किया सोनेट र निसान म्यागनाइटले हाल विद्यमान यी ब्रान्डको बजार हिस्सा घटाउने र प्रतिस्पर्धा थप कडा हुने सहजै अनुमान लगाउन सकिन्छ ।
यस्तो बन्न सक्छ बजार हिस्साको समिकरण
यो सेग्मेन्टमा सबैभन्दा पहिले नेपाल भित्रिएको फोर्ड इकोस्पोर्टले तत्कालीन समयमा एकछत्र बजार लिएको थियो । फोर्ड इकोस्पोर्टलाई कम्पनीले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा राखे पनि इन्जिन क्षमता, पावर तथा पर्फमेन्स र मूल्यका आधारमा यो क्रसओभर सेग्मेन्ट अन्तर्गतकै एसयूभी हो ।
लामो समयसम्म बजार नेतृत्व लिन सफल इकोस्पोर्टको गतिमा सुुजुकी ब्रेजाले ब्रेक लगाइदिए पछि यो एसयूभीको बिक्री प्रभावित बन्यो । ब्रेजा सार्वजनिक भएपछि हाल यसले बजारको नेतृत्व लिइरहेको छ । ब्रेजा भित्रिएको केही समयको अन्तराल पछि टाटा नेक्सन र हुन्डाई भेन्युले इन्ट्रि गरेपछि यो सेग्मेन्टमा प्रतिस्पर्धा समेत चर्किरहेको छ ।
सुरुवाती समयमा ब्रेजाको ठूलो बजार हिस्सामा नेक्सन र भेन्यु बाधक बनिरहेको छ । तथापि ब्रेजाले नै यो सेग्मेन्टमा बजारको नेतृत्व लिइरहेको छ भने नेक्सन र भेन्युले उसँगको दुरी एकदमै छोट्याइरहेको प्रष्ट हुन्छ । बजारको कुरा गर्नुपर्दा नेपालमा यो सेग्मेन्टको हिस्सा कुल प्यासेन्जर कारको झन्डै ३० प्रतिशत हाराहारीमा छ । जसमा माथि उल्लेख गरिएका ४ ब्रान्डले कारोबार गरिरहेका छन् । यसमा किया सोनेट र निसान म्यागनाइट समेत थपिने भएपछि यो ६ वटा ब्रान्डमा बाडिने र यसले यसअघिका ब्रान्डको बजार हिस्सा गुम्ने प्रष्ट देखिन्छ । यद्यपि नयाँ गाडीमा उपभोक्ताले कस्तो रुचि ब्यक्त गर्छन् भन्ने विषयले यसमा प्रभाव पार्नेछ ।
नेपालस्थित आधिकारिक वितरकहरु यो सेग्मेन्टमा आफ्नो बजार हिस्सा बढाउन आक्रमक भएबाट भोलिका दिनमा क्रसओभर सेग्मेन्टको बजार थप प्रतिस्पर्धात्मक बन्ने भने निश्चित प्रायः छ । त्यसमाथि पनि लामो समयसम्म पर्ख र हेरको अवस्थामा रहेको किया गाडीको नेपालस्थित आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज भारतमा सेल्टोस एसयूभी सार्वजनिक भएसँगै बजार विस्तारमा आक्रामक बन्दै गएको छ । नेपालमा किया गाडीको भविष्य सेल्टोस र सोनेटले निर्धारण गर्ने बुझाइमा रहेको यो कम्पनीले नयाँ गाडीको बजार प्रवद्र्धनमा खरो उत्रिने देखिन्छ । जसले यसअघि स्थापित भइसकेका अन्य ब्रान्डलाई धक्का नदेला भन्न सकिदैन ।
अर्कोतर्फ प्रोडक्टले साथ नदिंदा नदिदै पनि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले टेरानो र किक्स एसयूभी राम्रै संख्यामा बिक्री गर्न सफल भयो । यस्तो अवस्थामा समेत आक्रामक बजार विस्तार गर्नबाट पछि नहटेको पायोनियरले बिश्व बजारमै बहु प्रतीक्षित बजेट एसयूभी म्यागनाइटलाई स्थापित गराउन कुनै कसर बाँकी नराख्ने स्पष्ट देखिएको छ । गाडी सार्वजनिक नहुँदै कम्पनीले यसको बजार प्रवद्र्धन गर्न थालिसकेबाट यो एसयूभीमा सफल हुन पायोनियर खरो उत्रने निश्चित प्रायः देखिन्छ । जसको असरले यसअघि स्थापित भनिएका टाटा, सुजुकी, हुन्डाई र फोर्डको विद्यमान बजार हिस्साको समिकरणलाई फेरबदल गर्न सक्छ ।
यी दुई ब्रान्डका क्रसओभरले औपचारिक कारोबार थालेपछि सुजुकी, हुन्डाई र टाटा मध्ये कसको बजार बढी खोसिन्छ भन्ने विषयले भविष्यमा बन्न सक्ने बजार हिस्साको समिकरणलाई निर्धारण गर्ने देखिन्छ । यद्यपि मूल्य र लोकप्रियताको हिसावले ब्रेजा अगाडि रहेको हुँदा यसको बजार हिस्सा केही गुमेपनि तत्कालका लागि सुजुकी ब्रेजाले नै बजारको नेतृत्व गरिरहने देखिन्छ भने दोस्रो र तेस्रो स्थानका लागि हुन्डाई भेन्यु र टाटा नेक्सनबीच प्रतिस्पर्धा हुनेछ । नयाँ मोडल भएको हुँदा सोनेट र म्यागनाइटलाई यी तीन गाडीको बराबरीमा आउन लामै समय कुर्नुपने देखिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...