दाङमा एसएमएल ईसुजुको ग्राहक भेटघाट कार्यक्रम सम्पन्न

दाङ–लक्ष्मी कमर्शियल भेहिकल्सले दाङको तुलसीपुरमा ग्राहक भेटघाट–२०२५ कार्यक्रम सफलतापूर्बक सम्पन्न गरेको छ । एसएमएल ईसुजुको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्सियल भेइकल्सले यहि जेठ १५ गते कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै एसएमएल ईसुजुको नेपालका लागि कन्ट्रि म्यानेजर सुमन नागपालले एसएमएल ईसुजुको अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्राविधिक विश्वसनियता र ब्रान्डको विश्वव्यापी सफलता बारेमा व्याख्या गरिन् । साथै, उनले कार्यक्रममा सहभागी ग्राहकहरूसँग प्रत्यक्ष अन्तरक्रिया समेत गरिन् ।

लक्ष्मी कमर्शियल भेहिकल्स प्रालिका सेल्स हेड सञ्जय खड्काले बिक्री तथा बिक्री पछिको सेवामा आँफूहरु सदैव प्रतिबद्धत रहेको बताउँदै उनले भने, ‘ग्राहकको सल्लाह र सुझावप्रति कम्पनी सधैं गम्भीर रहेको र आवश्यक सुधार तथा सेवा विस्तारमा सधैं तयार छौं ।’

कार्यक्रममा मौसम ट्रेडिङ प्रालिका प्रोप्राइटर तथा लक्ष्मी कमर्शियल भेहिकल्सका अधिकृत सेवा प्रदायक भूपाल रावतले जस्तोसुकै अवस्थामा पनि सेवा दिन आँफू प्रतिबद्ध रहेको बताए । साथै उनले, ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकता दिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा ईँटा उद्योग, कन्स्ट्रक्सन, क्रसर, बालुवा व्यवसाय र बैंकिङ क्षेत्रका सरोकारवाला व्यक्तिसहित १५० भन्दा बढी ग्राहक प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । सोहि अवसरमा केही ग्राहकले एसएमएल ईसुजुका ट्रक र टिपरप्रति आफ्नो सन्तुष्टि र प्रशंसा व्यक्त समेत गरेका थिए ।

ग्राहकसँगको सम्बन्ध थप प्रगाढ बनाउन, सुझावहरू संकलन गर्न र व्यवसायिक साझेदारीलाई मजबुत बनाउन कार्यक्रम फलदायी बनेकाले भविष्यमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्दै जाने कम्पनीले प्रतिबद्धता जनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...