जग्गाकै कारण अन्यौल बन्यो काठमाडौंमा स्मार्ट पार्किङ निर्माण प्रक्रिया

काठमाडौं – नगर विकास कोषले काठमाडौं उपत्यकाका विभिन्न ३६ स्थानमा निर्माण गर्ने भनिएको बहुतले मेकानिकल पार्किङको निर्माणले गति लिन सकेको छैन । उपत्यकामा जग्गा र अन्य विभिन्न समस्याका कारण यस्तो अन्यौलता उत्पन्न भएको छ ।

नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाका अनुसार काठमाडौँमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको जग्गामा पार्किङ बनाउने प्रस्ताव आए पनि जग्गा सम्बन्धी कुरा क्लियर हुन नसकेको कारण आवश्यक कार्य अगाडि बढ्न सकेको छैन । उनले भने, ‘केही निजी क्षेत्रबाट पनि प्रस्तावहरु आएका थिए । त्यसलाई हामीले इन्फ्रास्टक्चर बैँकसँग सहकार्य गरेर अगाडि बढाउने निर्णय भएको छ । यद्यपि उपत्यका भित्रबाट सोचे जस्तो प्रस्ताव आउन सकेन । यसका लागि निजी क्षेत्रसँग पनि जग्गा छैन । काठमाडौँमा विशेष गरी सार्वजनिक निकायबाट प्रस्ताव आउन सक्यो भने ती क्षेत्रमा बनाउन सकिन्छ । बरु उपत्यका वाहिरबाट बढी प्रस्ताव आएको छ ।’

जग्गा सम्बन्धी समस्याको विषयले गर्दा अझैपनि सार्वजनिक निकायहरुले यो आयोजनाको लागि भनेर प्रस्ताव अगाडि बढाउन नसकेको सापकोटाको भनाइ छ । सरकारी निकायले यस विषयलाई प्रथामिकता नराखेको भन्दै निजी क्षेत्रको लगानीका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैँकले सम्वन्य नगरेको र यसका लागि आवश्यक समन्वयका लागि अनुरोध भइरहेको उनले बताए ।

यसका लागि आगामी दिनमा काठमाडौं र ललितपुर महानगरपालिकाको नेतृत्वसँग समन्वय गरेर अगाडि बढ्ने उनले बताए ।

उपत्यका वाहिर बनेपा र बुटवलका लागि डिटेल प्रोजेक्ट बनाउने काम अघि बढेको उनको भनाइ छ ।

नगर विकास कोषले २०७८ माघ ०७ गते उपत्यकाका विभिन्र ३६ स्थानमा बहुतले मेकानिकल पार्किङ निर्माण गर्नका लागि लगानी प्रस्ताव आह्वान गरेको थियो । उक्त कोषले एक राष्ट्रिय दैनिक पत्रिकामा सूचना जारी गर्दै कम्तीमा ८ आनाभन्दा बढी क्षेत्रफल भएका जग्गामा आयोजना निर्माण तथा सचालन गर्न इच्छुक स्थानीय तह, सरकारी तथा गैर सरकारी संस्थाले प्रस्ताव पेश गर्न सक्ने उल्लेख गरेको थियो ।

कोषले जारी गरेको सूचनाअनुसार काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, कालिमाटी, टेकु, सोल्टीमोड, कंलकी, कुलेश्वर, बल्खु, नयाँ सडक, ठमेल, नयाँ बजार, पुतलीसडक, दरबारमार्ग, अनामनगर, बबरमहल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशला, चाबहिल, मित्रपार्क सम्भाव्य स्थान रहेका थिए ।

त्यस्तै लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, बालुवाटार, विशालनगर, भाटभटेनी, ज्ञानेश्वर, नक्साल, गैरीधारा, हाडिगाँउ, मीनभवन, कोटेश्वर, पुल्चोक, जावलाखेल, सातदोबाटो, कुपन्डोल लगायतका मुख्य व्यावसायिक सडक छेउ वा दोहोरो प्रवेशमार्ग भएको भित्री जग्गाहरूमा यो पार्किङ निर्माण गर्न मिल्ने जनाएको थियो ।

स्मार्ट पार्किङ भनेको सेवा लिन चाहने व्यक्तिहरुले मोबाइल एप्लिकेसनको माध्यमबाट सवारी पार्क गर्ने स्थान छनोट गर्न पाउने प्लेटफर्म हो । एप्लिकेसनले नै ग्लोबल पोजिसिङ सिस्टम (जीपीएस) को माध्यमबाट पार्क गर्ने स्थानमा पु–याउनेछ । साथै, मोबाइल एप्लिकेसनको पनि विकल्प दिने, यदि कसैले प्रयोग गर्दैन भने पनि रियल टाइम नोटिफिकेसन डिस्प्ले बोर्डमा पनि हुन्छ ।

कति पार्किङ वे छ, पार्किङ गर्नेको समय खेर नजाओस्, पार्किङका लागि समय व्यतित गर्दा प्रदूषण नहोस् भनेर यो प्लेटफर्मको विकास गर्न लागिएको थियोे । यसलाई पूर्णरूपमा डिजिटलाइजेसन र अटोमेसनमा लान प्रयास भएको छ । पेमेन्ट पार्टनर एप्लिकेसनको माध्यमबाट फोन पेबाट सेवा लिन सकिन्छ । यदि कसैले नगद कारोबार नै गर्न चाहन्छ भने पनि कर्मचारीले त्यसमा सहजीकरण गर्नेछन् । एप्लिकेसनको माध्यमबाट पहिले नै बुकिङ गर्न मिल्नेछ भने अर्कातर्फ बुकिङ गरेपछि जीपीएसले पर्किङ भएकै ठाउँमा पुग्नका लागि सहयोग गर्छ ।

सम्बन्धित समाचारहरू

काठमाडौं महानगरको ट्राफिक विज्ञ सल्लाहकारमा जगतमान श्रेष्ठ

काठमाडौं महानगरको ट्राफिक विज्ञ सल्लाहकारमा जगतमान श्रेष्ठ

काठमाडौं महानगरपालिकाको ट्राफिक विज्ञ सल्लाहकारमा जगतमान श्रेष्ठ...

अब लकडाउन होइन लुजडाउन

अब लकडाउन होइन लुजडाउन

काठमाडौं -सरकारले जारी निषेधाज्ञा ‘मोडालिटी’मा केही परिवर्तन गरी...

सडक मर्मतको क्षेत्रमा बजेट बढाइने, सडक सुरक्षाका लागि विभिन्न कार्य गरिने

सडक मर्मतको क्षेत्रमा बजेट बढाइने, सडक सुरक्षाका लागि विभिन्न कार्य गरिने

काठमाडौं – आगामी आर्थिक वर्षमा सडक मर्मतको क्षेत्रमा बजेट बढाइने र करिव...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...