नेपालमा आयो स्मार्ट कम्प्याक्ट ट्रक टाटा इन्ट्रा भी२०

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपाली बजारमा नवीनतम् स्मार्ट कम्प्याक्ट ट्रक टाटा ‘इन्ट्रा भी२०’ को बिक्री शुभारम्भ गरेको छ ।

टाटा मोटर्सको प्रिमियम टफ डिजाइन सिद्धान्तमा बनेको यो ट्रकले सुरक्षित र आरामदायी यात्रा अनुभवका साथै शक्तिशाली कार्यक्षमता र उत्पादकत्व वृद्धि गर्ने बताइएको छ । टाटा इन्ट्राको शुरुवाती मूल्य. १९ लाख ७५ हजार रुपैयाँ तोकिएको छ ।

यसको आधुनिक डिजाइनका साथ बनेको क्याबिनभित्र ओहोर दोहोर गर्न सजिलो हुने थप ठाऊँ रहेको छ । सुबिधा सम्पन्न आरामदायी सिटहरु र आधुनिक डिजिटल क्लस्टर पनि रहेको छ । यसका साथै ड््यास बोर्डमा माउन्ट भएको गियर लिभरले लामो समयको यात्रामा पनि सजिलो एवं थकानमुक्त महसुस गराउँछ । यसको भरपर्दाे एंव विश्वसनीय इन्जिन, गियरबक्स, क्राउन र च्यासिसको संयोजनले समस्टिमा न्यून मर्मत खर्च गराउँछ र यो जस्तै गाडीहरुको श्रेणीमा यसलाई उत्कृप्ट रोजाईको गाडी बनाउँछ ।

ठूलो लोड बडी, ११०० केजी को अधिकतम् भार बहन क्षमता, सर्वोत्कृष्ट माइलेज र मजबुत इन्जिन भएको यो कम्प्याक्ट ट्रक, न्यून सञ्चालन खर्चमा सवारी धनीलाई अधिकतम मुनाफा हुने गरी निर्माण गरिएको छ । यसमा अति साँघुरो गल्लीमा पनि सजिलै मोड्न मिल्ने मात्र ४.७५ मिटरको टर्निङ्ग सर्कल रेडियस छ । यसमा भएको केवल सिफ्ट मेकानिज्म र ५–स्पिड गियरबक्सले सहज एवं भन्झटमुक्त यात्रा सुनिश्चित गर्दछ ।

टाटा इन्ट्रा भी२० मा १.४ लिटर क्षमताको डिजल इन्जिन रहेको छ । जसले ७० बीएचपी र १४० एनएमको टर्क पैदा गर्छ र उच्चतम इन्धन बचत गर्न सहयोग पुर्याउन गियरसिफ्ट एडभाइजरको पनि व्यवस्था छ । टाटा इन्ट्रामा अधिकतम ग्राउण्ड क्लियरेन्स र ४५५ को गे्रडेबिलिटि हुनाले नेपालको विद्यमान अवस्थाका सडकहरुको लागि अत्यन्त उपयुक्त गाडी भएको कम्पनीको भनाइ छ ।

विभिन्न विशेषताहरुले भरपूर टाटा इन्ट्राको निर्माण, मजबुत बडी र क्याबिन सहित हाइड्रो–फम्र्ड च्यासिस फ्रेममा सुरक्षित तवरले गरिएको छ, जसले संरचनागत शक्ति, टिकाऊपना बढ्ने कुरा सुनिश्चित् गर्दछ र न्यून एनभिएच तहहरु उपलब्ध गराउँछ ।

बिक्री शुभारम्भ समारोहमा टाटा मोटर्सका उपाध्यक्ष रुद्ररुप मैत्राले टाटा मोटर्सका विविध र मजबुत दायराका व्यवसायिक गाडीहरु नेपाली ग्राहकहरुले अत्यधिक रुचाएको र यस कारण नै निरन्तर नयाँ नयाँ मोडलहरु र नवीन प्रकृतिका गाडीहरु उपलब्ध गराएको बताए ।

सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले विश्वस्तरीय उत्पादनहरु उपलब्ध गराउने र उत्कृष्ट स्तरको ग्राहक सेवा प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको बताए । उनले टाटा इन्ट्रा भी२० को यो बिक्री शुभारम्भसँगै ग्राहकहरुलाई उत्कृष्ट कार्यक्षमता, किफायती र उच्चतम प्रभावकारीता दिने गाडीहरु उपलब्ध गराउने प्रतिबद्धतालाई निरन्तरता दिएको बताए ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...