बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
फोर्डले भारतको चेन्नईस्थित प्लान्ट एक हप्ताको लागि बन्द गरेको छ । रिपोर्ट अनुसार जर्मनीमा पनि एक महिनाको लागि प्लान्ट बन्द गरिने भएको छ । यसको मुख्य कारण सेमीकन्डक्टरको कमी हो । यसको असर पुरा विश्वको अटो व्यवसायीलाई परेको छ । जसको कारणले गर्दा कम्पनीहरु गाडीको उत्पादन संख्या घटाउन वाध्य भएका छन् ।
फोर्डका अनुसार १९ फेब्रुअरीसम्म जर्मनीको सार्लाइसस्थित प्लान्ट बन्द गरिएको छ । सो प्लान्टमा युरोपको लोकप्रिय कार फोकसको निर्माण हुने गर्छ । सो प्लान्टमा लगभग ५ हजार कर्मचारी छन् । युरोपमा कर्मचारी, सप्लायर्स, ग्राहक र डिलरलाई कमसेकम असर होस् भनेर प्रोडक्शनलाई रिशेड्युुल गरिरहेको छ ।
लकडाउनको कारणले गर्दा विश्वभर कारको बिक्रीमा कमी आएको थियो तर ग्याजेटको माग भने बढिरहेको थियो । सेमीकन्डक्टर निर्माता कम्पनीले स्मार्टफोन, ल्यापटप, गेमिङ कन्सोल र अन्य इक्विपमेन्ट्स निर्माता कम्पनीलाई सप्लाई सुरु गरेको छ । यद्यपि यसले अटो कम्पनीलाई पनि सप्लाई गर्छ । तर यो आवश्यकता भन्दा कम रहेको छ । एक कारमा ५० देखि १५० सम्म चिप हुने गर्छ । यो कारको फिचरमा निर्भर हुन्छ ।
सेमीकन्डक्टरको कमी कारणले गर्दा औडीको जर्मन र मेक्सिको प्लान्टमा प्रोडक्सन कम भएको छ । सो कम्पनीमा केही समयको लागि १० हजार कर्मचारीलाई छुट्टि दिइएको छ । फिएट क्रिस्लरले मेक्सिको र टोयोटाले चीनको ग्वांगझु स्थित प्लान्टमा अस्थायी रुपमा बन्द गरेको छ । साथै निसान, होन्डा र हुन्डाईले प्रोडक्सनलाई सेमीकन्डक्टरको सप्लाईको आधारमा एडजस्ट गर्न लागेको छ । बीएमडब्ल्युको प्रोडक्शन नरोकिए तापनि सप्लायर्ससँग लगातार सम्पर्कमा रहेको छ ।
डाटा फर्म आईएचएस मार्केटको अनुसार युरोप, उत्तरी अमेरिका, जापान र भारतमा यसको प्रभाव बढी हुनेछ । सबैभन्दा बढी समस्या चीनमा हुनेछ । रिपोर्टका अनुसार चीनमा तीन महिनाको लागि २ लाख ५ हजार कम कार निर्माण हुनेछ ।
मार्केट एन्ड मार्केट वेबसाइटको रिपोर्ट अनुसार सेमीकन्डक्टर इन्डस्ट्री २०१६ देखि २०२२ को बीच वर्षमा ५.८ प्रतिशतले बढी रहेको छ ।
सेमीकन्डक्टरको प्रोडक्सन बढिरहेको छ । तर धेरैजसो सप्लाई टेक कम्पनीलाई ग्याजेटको लागि गरिन्छ । जसको कारणले गर्दा अटो कम्पनीमाथि दवाव परेको हो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...