स्कोडाको नयाँ सेडान स्लाभिया सार्वजनिक, दुई इन्जिन अप्सनमा उपलब्ध हुने

स्कोडा स्लाभिया सेडान भारतमा वर्ल्ड प्रिमियर गरिएको छ । हाल बजारमा उपलब्ध स्कोडा -यापिडलाई यसले प्रतिस्थापन गर्नेछ ।

डिजाइनको सन्दर्भमा स्कोडा स्लाभियामा पहिले जस्तै स्कोडा बटरफ्लाई ग्रिल र एलईडी हेडलाइट उपलब्ध छ । पछिल्लो भागमा क्रिस्टलाइन डिटेलिङ सहित एलईडी टेलल्याम्प छ ।

इन्टेरियरमा १० इन्च इन्फोटेनमेन्ट सिस्टम, वायरलेस चार्जिङ, भर्चुअल ककपिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल आदि फिचर उपलब्ध छन् ।

सेफ्टीका लागि यसमा ईएससी, रियर पार्किङ क्यामेरा, क्रुज कन्ट्रोल, मल्टी–कोलिजन ब्रेक र ६ एयरब्यागलगायतका विभिन्न फिचर उपलब्ध छन् ।

१.० लिटर र १.५ लिटर टीएसआई इन्जिनमा उपलब्ध हुने स्कोडा स्लाभिया ६–स्पिड म्यानुअल, ६–स्पिड टर्क कन्भर्टर र ७–स्पिड डीएसजी ट्रान्समिसन अप्सनमा उपलब्ध हुनेछ । ३ ट्रिम र ५ कलरमा उपलब्ध हुने स्कोडा स्लाभियाको औपचारिक लन्च भने नयाँ वर्ष पश्चात मात्र हुने बताइएको छ ।

स्कोडा स्लाभिया एमक्युबी एओ आईएन प्लेटफर्ममा बन्ने दोस्रो कार हुनेछ । यो भन्दा पहिले बजारमा उपलब्ध स्कोडा कुशाक यही प्लेटफर्ममा आधारित छ । यसको मूल्य भने आगामी सन् २०२२ मा लन्चिङ पश्चात मात्र सार्वजनिक गरिने छ ।

स्कोडा स्लाभियाले हाल बजारमा उपलब्ध हुन्डाई भर्ना, होन्डा सिटी आदिसँग प्रतिस्पर्धा गर्नेछ । अन्तर्राष्ट्रिय बजारमा लन्च हुने समयमै यो सेडान नेपाली बजारमा समेत उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

चांगनका गाडी किन्दा २ लाख ५० हजार सम्म छुट, एक्सचेन्ज गर्दा १ लाख सम्म टपअप

चांगनका गाडी किन्दा २ लाख ५० हजार सम्म छुट, एक्सचेन्ज गर्दा १ लाख सम्म टपअप

काठमाडौं – नेपालका लागि चांगन अटोको आधिकारिक वितरक एमएडब्लु वृद्धि...

स्कोडाको नयाँ सोरुम बिर्तामोडमा

स्कोडाको नयाँ सोरुम बिर्तामोडमा

स्कोडा गाडीको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले...

एउटै प्लेटफर्ममा बनेका फक्सवागन टाइगुन र स्कोडा कुशाक : प्रतिस्पर्धाका लागि तयार बन्दै

एउटै प्लेटफर्ममा बनेका फक्सवागन टाइगुन र स्कोडा कुशाक : प्रतिस्पर्धाका लागि तयार बन्दै

भारतीय प्लान्टमा उत्पादन गरिएको फक्सवागन टाइगुन र स्कोडा कुशाक एउटै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...