यस्तो हुनेछ स्कोडा स्लाभियाका ५ विशेषता, जसले अन्य भन्दा फरक पहिचान दिनेछ

चेक अटो निर्माता कम्पनी स्कोडा अटोले बहुप्रतीक्षित मिड साइज सेडान कार स्कोडा स्लाभिया नोभेम्बर १८, २०२१ मा विश्वव्यापी रूपमा डेब्यु गर्ने घोषणा गरेको छ । नयाँ स्लाभिया सेडानले पुरानो स्कोडा ¥यापिड सेडानलाई प्रतिस्थापन गर्नेछ । कम्पनीले नयाँ स्लाभिया २०२२ मा लन्च गर्ने घोषणा गरेको छ ।

स्कोडा स्लाभिया सेडान कार लन्चिङ पछि होन्डा सिटी, हुन्डाई भरना र मारुती सुजुकी सियाजसँग प्रतिस्पर्धा गर्नेछ । स्कोडा स्लाभियाको ५ विशेषता बारेमा केही चर्चा गरौँ ।

पावरफुल इन्जिन
स्कोडा स्लाभियामा १.०–लिटर र १.५ लिटर टीएसआई पेट्रोल इन्जिन गरी दुई इन्जिनको विकल्प हुनेछ । १.५ लिटर इन्जिनले १५० पीएसको पावर र २५० एनएम टर्क जेनेरेट गर्छ, जुन सेगमेन्टमै पावरफुल हुनेछ ।

लामो ह्विलबेस
स्कोडा स्लाभियामा स्कोडा कुशाक जस्तै एमक्युबी–एओ–इन प्लेटफर्मको प्रयोग गरिनेछ । यसको कारण यसको ह्विलबेस २६५१ एमएमको रहेको छ । स्लाभियाको ह्विलबेस अन्य कार भन्दा लामो रहेको छ ।

ठुलो साइज
स्लाभियाको लम्बाई ४५४१ एमएम रहेको छ । यसको लम्बाई होन्डा सिटी भन्दा १२ एमएम सानो रहेको छ । यद्यपि यसको चौडाइ र उचाई यसको सेगमेन्टमा सबैभन्दा बढी हुनेछ । स्लाभिया सेडानको चौडाइ १७५२ एमएम र उचाई १४८७ एमएम रहेको छ ।

फिचर
स्लाभियामा राम्रो माइलेजको लागि एटीसी (एक्टिभ सिलिन्डर टेक्नोलोजी) पनि समावेश गरिएको छ । आवश्यक परेको समयमा सिस्टमले इन्जिनको दुई सिलिन्डर निष्क्रिय गर्न सक्छ । कुशाकमा पाइने फिचर स्लाभियामा पनि समावेश गर्ने सम्भावना रहेको छ । स्लाभियामा ठूलो इन्फोटेनमेन्ट स्क्रिन, मल्टिपल स्पिकर, कनेक्टिभिटी विकल्प र चार्जिङ प्वाइन्टजस्ता फिचर समावेश छ ।

अक्टाभियाबाट प्रभावित स्टाइल
लुक र डिजाइनको हिसाबले स्लाभिया धेरै हदसम्म स्कोडा अक्टाभियाबाट प्रेरित देखिन्छ । कारको फ्रन्टमा सिग्नेचर स्कोडा ग्रिलको साथमा पातलो देखिने हेडल्याम्प समावेश गरेको छ । कारको चारैतिर स्लोपिङ रुफलाइन सैलुनको ओभरल सिल्हूटलाई बढाएको छ । कारको रियरमा बुट लिडको लागि शार्प लाइन्सको साथमा ¥यापराउन्ड टेलल्याम्प समावेश गरिएको छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा २ वर्ष भित्र ५ मोडलका चांगन गाडी भित्रिने, शुरुमा एल्सभिन सेडान उपलब्ध हुने

नेपाली बजारमा २ वर्ष भित्र ५ मोडलका चांगन गाडी भित्रिने, शुरुमा एल्सभिन सेडान उपलब्ध हुने

चीनको नम्बर १ प्यासेन्जर ब्रान्ड दाबी गर्ने चांगन अटोले नेपाली बजारमा...

चांगनको उत्कृष्ट सेडान एल्सभिन नेपाली बजारमा लोकप्रिय हुँदै : यस्तो छ दुई महिनाको अवस्था

चांगनको उत्कृष्ट सेडान एल्सभिन नेपाली बजारमा लोकप्रिय हुँदै : यस्तो छ दुई महिनाको अवस्था

चांगन अटोको उत्कृष्ट सेडान एल्सभिनले छोटो समयको अन्तरालमै नेपाली बजारमा...

स्कोडाको नयाँ सोरुम खुल्यो पोखरामा

स्कोडाको नयाँ सोरुम खुल्यो पोखरामा

पोखरा – स्कोडा नेपालले पोखराको नयाँ बजारमा सुविधासम्पन्न सोरुम सञ्चालनमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...